सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५:०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘माननीय प्रदेश प्रमुख नजिर मियाँज्यू समक्ष माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१।०४।१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि मिति २०८१।०४।२० गते आइतबार बेलुका ५:०० बजे भित्र दाबी पेस गर्न आह्वान गर्नु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव
-
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
-
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
-
विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ: गृहमन्त्री लेखक
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
-
भारतले नेपालको एक हजार बिघाजग्गा कब्जा गर्दा पनि सरकार बोल्न सकेन : खनाल