अमृत क्याम्पसमा स्ववियुले जोड्यो सेनिटरी भेण्डिङ मेसिन
शुक्रबार, १८ साउन २०८१, १९ : ०७

काठमाडौँ । अमृत साइन्स क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले महिला शौचालयमा सेनिटरी भेण्डिङ मेसिन जडान गरेको छ ।
धेरैको सङ्ख्यामा छात्राहरू तथा महिला कर्मचारीहरू रहेको क्याम्पसमा अत्यावश्यक सामग्री अन्तर्गत निःशुल्क रूपमा सेनेटरी भेण्डिङ मेसिन जडान गरेको हो ।
स्ववियुले क्याम्पस प्रशासनलाई त्यसका लागि पटकपटक अनुरोध गर्दै आएको थियो । तर, क्याम्पस प्रशासनले बेवास्ता गरेपछि स्ववियुले नै एनएमबी बैंकसँगको सहकार्यमा मेसिन जडान गरेको हो ।
विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै स्ववियुले निःशुल्क रूपमा प्याड उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरेको स्ववियु सचिव रुद्रहरि पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने
-
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु