बयान फेरेपछि सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपीको पक्षमा विशेष अदालतमा बयान दिएपछि दुईजना सरकारी साक्षीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पोखरा महानगरपालिकाका कर्मचारी सवइन्जिनियर उषा किरण रोकायासमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दा दायर गरेको हो ।
(मुद्दा नं ०८०सीआर०१६७) मा सरकारी साक्षीको रूपमा पेस गरिएका चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले आयोगमा अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार तिवारी र पौडेलले कास्की जिल्लाको पोखरा महानगरपालिका–१० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्र प्राप्त गर्न शिव प्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरसमेतलाई ३ लाख ५० हजार रुपैयाँ घुस/रिसवत रकम दिएको अनुसन्धानका क्रममा पुष्टि भएको थियो ।
अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । साक्षीको रूपमा अदालत पेस भएका उनीहरुले भ्रष्टाचारको आरोप लागेका व्यक्तिको पक्षमा बयान दिएपछि उल्टै मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक