संविधान संशोधनको माग गर्दै नेपाल बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
शुक्रबार, १८ साउन २०८१, १७ : ४४

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधनको माग गर्दै ज्ञानपन पत्र बुझाएको छ। वार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले संविधान संशोधनको बारेमा प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो।
कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनले गत जेठको पहिलो साता ३८ बुँदे माग सहित काठमाडौँ घोषणापत्र जारी गरेको थियो । सम्मेलनले न्यायपालिकाको स्वतन्त्रता, सङ्घीयता कार्यान्वयन र चुस्त सेवा प्रवाहका लागि न्यायपालिकाको पुनर्संरचना हुनुपर्ने अवधारणा अघि सारेको थियो ।
कांग्रेस र एमालेले सत्ता साझेदारीका साथसाथै संविधान कार्यान्वयनका क्रममा देखिएका अड्चनको पहिचान गर्ने र संविधान संशोधनको पहल गर्ने समझदारीका साथ राजनीतिक सहमति गरेका थिए । त्यसबाट उत्साहित बारको टोलीले शुक्रवार ज्ञापन पत्र बुझाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ