अदालत
कामु प्रधानसेनापति विरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दरपिठ, इजलासले गर्यो सदर
शुक्रबार, १८ साउन २०८१, १७ : ३७

काठमाडौँ । कामु प्रधानसेनापति नियुक्त भइसकेका बलाधिकृत रथी अशोकराज सिग्देलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ। यसअघि साउन १३ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट दरपिठ गरिदिएका थिए । उक्त दरपिठ इजलासले पनि सदर गरेको छ। योसँगै अब रिट नलाग्ने भएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सिन्धुलीका युवराज सफल भन्ने युवराज पौडेलले सिग्देलको जन्म मितिमा कैफियत रहेको दाबी गर्दै रिट लिएर पुगेका थिए। सर्वोच्च प्रशासनबाट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए।
उक्त निवेदनपछि न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले बिहीबार दरपीठको निर्णय नै सदर गरिदिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन