कांग्रेस र एमालेबिच बनेको गठबन्धनले मुलुकलाई निकास दिँदैन : मुख्यमन्त्री सोडारी
शुक्रबार, १८ साउन २०८१, १७ : २६
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले कांग्रेस र एमालेबिच बनेको गठबन्धनले मुलुकलाई निकास नदिने आशङ्का व्यक्त गरेका छन् ।
विश्वासको मतको लागि आह्वान गरिएको बैठकलाई सम्बोधन गर्दै उनले स्थिर राजनीतिको नाम दिएर गरिएको गठबन्धनप्रति आशङ्का व्यक्त गरेका हुन् ।
उनले भने, ‘माथिकै नेताहरूकै कारण यहाँ असहज स्थिति भएको हो । यहाँको पनि माथिको पनि कांग्रेस नै ठुलो पार्टी । एमाले पनि ठुलो पार्टी हो, हिजो हामीले बनाएको पार्टी हो । दुइटै पार्टी मिलेर हात्तीले प्रेमलाभ गर्दा, संसर्ग गर्दाखेरी कस्तो काम गर्छ भने तलको खेतीपाती पनि विनाश गर्छ । प्रेमलाभ गर्दा पनि विनाश, झगडा गर्दा पनि विनाश गर्छ । तर त्यस्तो नहोस् भन्ने कामना छ ।’
सम्बोधनपछि मुख्यमन्त्री सोडारीले राजीनामा दिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो ब्याजदर
-
सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन
-
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि
-
बढ्यो रेमिट्यान्स, समीक्षा अवधिमा कति पुग्यो ?
-
चालु खाता १४८ अर्ब १७ करोडले बचतमा, ६ महिनामा ६ अर्ब ५० करोड वैदेशिक लगानी भित्रियो
-
६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि, यस्तो छ आयात निर्यातको अवस्था