मुटुको कट्टर शत्रु हुन् हाम्रा यी तीन बानी
काठमाडौँ । पछिल्लो समय हृदयाघातका मामिला लगातार बढ्दै गएका छन् । कम उमेरका मानिसहरूमा समेत हृदयघातको समस्या बढ्दो छ । समाचार वा सामाजिक सञ्जालमा भाइरल भिडियोमा समेत सद्दे मान्छे बोल्दा बोल्दै, काम गर्दागर्दै वा व्यायाम गरिरहेको बेलामा एक्कासि ढलेर मृत्यु भएको घटनाहरू तपाईँले पनि देख्नु भएको होला । यस्ता घटना अब ठुलो वा सानो उमेर भन्ने नै छैन । जुनसुकै उमेरका र जस्तोसुकै काम गर्ने व्यक्तिमा पनि यस्ता समस्या देखिएका छन् ।
मुटुसम्बन्धी यी रोगको जिम्मेवार को हो ? के हाम्रा केही बानी वा केही खराब बानीहरू यसका लागि जिम्मेवार पो छन् कि ? बदलिँदो समयसँगै मानिसको बानी र जीवनशैली पनि फेरिएका छन् । हाम्रा यिनै फेरिएको बानी र जीवनशैली नै यी रोगका लागि बढी जिम्मेवार छन् । हामीले वेवास्ता गरेका केही बानीले हृदयाघातको जोखिम बढाइरहेको छ । यी मध्ये मुख्य तीन बानी यस प्रकार छन्ः
धूम्रपान
धूम्रपानले मुटुसँग सम्बन्धित अधिकांश रोग निम्त्याउँछ । हाम्रो शरीरमा कम घनत्वको लिपोप्रोटिन अर्थात् एलडीएल कोलेस्ट्रोलमाथि हाम्रो नियन्त्रण हुन्न । तर धूम्रपानलाई नियन्त्रणमा राख्नु चाहिँ हाम्रो हातको कुरा हो । हामी धूम्रपानबाट जति टाढा रहन्छौ, मुटुको स्वास्थ्य त्यति नै राम्रो हुन्छ । अहिले युवा पुस्तामा हृदयाघातका घटना बढ्नुको मुख्य कारण धूम्रपान पनि हो । अत्यधिक धूम्रपानका कारण ४० वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिको समेत हृदयाघातका कारण मृत्यु भइरहेको छ ।
निद्रामा कमी
मुटुलाई स्वस्थ राख्न पर्याप्त निद्रा चाहिन्छ । पछिल्लो समय स्मार्टफोन र सामाजिक सञ्जालको धेरै प्रयोगका कारण मानिसहरू अबेर रातसम्मै जागा बस्न थालेका छन् । रातिको सिफ्टमा काम गर्नेले पनि पर्याप्त निद्रा पाइरहेका छैनन् । कम सुत्नु मुटुको लागि राम्रो होइन । पर्याप्त निद्राले हृदयाघात र क्यान्सर दुवैबाट हामीलाई जोगाउँछ ।
व्यायामको कमी
हिजोआज एकाथरी मानिसहरू कुर्सीमा बसेर लामो समयसम्म डेस्कटपमा काम गर्छन् । व्यायामको कमी अनि खराब आहारव्याहार र खानपिन राम्रोसँग ध्यान नदिँदा बिपी र मधुमेहको समस्या धेरैमा बढिरहेको छ । नियमित व्यायाम गर्ने हो अनि खानामा नुनको सेवन कम गर्ने हो भने मुटुसम्बन्धी रोगहरूबाट धेरै हदसम्म बच्न सकिने डाक्टर र स्वास्थ्य विज्ञहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता
-
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार