नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा
शुक्रबार, १८ साउन २०८१, १७ : ०४

काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बिच विद्युतिय सवारी कर्जाका लागि सम्झौता भएको छ । सम्झौता अनुसार टाटाका विद्युतिय गाडी खरिद गर्दा ग्राहकहरुले हाल कायम बैंकको बेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । सहज र झञ्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोवार रकमको ८० प्रतिशत सम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।
टाटाका बिद्युतिय गाडीहरु नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपक्तीमा रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड