समाचार
एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
हत्यापछि आत्महत्या आशंका
शुक्रबार, १८ साउन २०८१, १६ : ४६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै झरना गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिएका छन् ।
काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन् ।
साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए । शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।
करिष्माको घाँटीमा चोट देखिएको छ । भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतले हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग