राजीनामा दिने तयारीमा मुख्यमन्त्री सोडारी
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत लिने र त्यसपछि राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री सोडारीले संसद् चल्ने अवस्था नभएपछि सोझै पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीले संसद् चल्ने अवस्था नभएपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेको जानकारी दिए । कांग्रेस र एमाले स्रोतका अनुसार मुख्यमन्त्री सोडारी विश्वासको मतका लागि आह्वान गरिएको संसद् बैठकमा सहभागी नहुने भएका छन् ।
४ बजे बोलाइएको संसद् बैठकमा घण्टी बजे पनि कांग्रेस र एमालेका कुनै पनि सांसद भित्र पसेका छैनन् । सभामुख भीमबहादुर भण्डारीले १४ जना प्रदेशसभा सदस्य सहभागी भए बैठक बस्ने बताए । तर १४ जना नपुगेको अवस्थामा नबस्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि
-
कांग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिने छुट छैन : अध्यक्ष लिङ्देन
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
-
घट्यो ब्याजदर
-
सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन
-
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि