दाँत क्लिनिकको आवरणमा ठगी धन्दा, स्माइल लाइन डेन्टलका सञ्चालक फरार
काठमाडौँ । काठमाडौँको सामाखुसी र पुतलीसडकमा रहेको ‘स्माइल लाइन डेन्टल’ क्लिनिकका सञ्चालकले ‘ठगी धन्दा’ चलाएको आरोप छ । डेन्टल क्लिनिक लमजुङ घर भएर काठमाडौँ बस्ने सुशील गौतम र उनका छोराहरू सुरेश र साजनले चलाएका हुन् ।
क्लिनिकमा आएका ग्राहकसँग रकम ठगेर सुशीलका छोरा सुरेश गौतम फरार भएका छन् । उनीविरुद्ध प्रहरी वृत्त मालीगाउँमा ५ वटा बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ । पाँच जनाले पीडितहरूले उनी विरुद्ध करिब १ करोड रकम ठगेको कसुरमा जाहेरी दर्ता गराएका हुन् ।
काठमाडौँ महानगरपालिका–२६ सामाखुसीमा उनीहरुले करिब ५ वर्षदेखि दन्त उपचार क्लिनिक चलाएका छन् । क्लिनिकको आवरणमा रकम लिएर फरार भएका गौतमलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सुरेन्द्रराज श्रेष्ठको जाहेरीले सुरेशविरुद्ध २०८० असार ६ मा गणेशबहादुर गुरुङको जाहेरीले २०७९ फागुन २६ मा र मनहरि शर्माको जाहेरीले २०८० असोज २ मा उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । अदालतको अनुमतिसँगै उनी फरार भएका हुन् ।
गौतम परिवारले क्लिनिकमा आएका बिरामी र उनीहरूका आफन्तसँग ‘सापटी’ लिएर रकम फिर्ता नगरेको पीडितहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँको रेकर्ड अनुसार सुरेशले ८० लाख रकम फिर्ता नगरेर फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
गौतमविरुद्ध मुद्दा दर्ता गरेर कानुनी प्रक्रियामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने– ‘केही मुद्दा अदालतमा दर्ता भैसकेको अवस्था छ, कुनै अनुसन्धानको प्रक्रियामा छन् ।’
सुरेश र उनका भाइ साजन गौतमले विदेशबाट दाँतसम्बन्धी उपकरण ल्याउनका रकम आवश्यक परेको भन्दै ‘ठगी धन्दा’ चलाएका छन् ।
दाँत निकाल्दा १५ हजारसम्म असुली
स्माइल लाइन डेन्टल क्लिनिकका सञ्चालकहरूले उपचारमा पनि चर्को रकम असुल्ने गरेका छन् । किरा लागेको दाँत निकाल्न जाँदा सुरुमा उनीहरुले ‘मिलाएर झिकिदिउँला’ भन्ने तर, दाँत निकालेपछि १० हजारदेखि १५ हजार सम्म असुल्ने गरेको पीडितहरू बताउँछन् ।
स्माइलमा उपचार गराएका एक जना पीडितले रातोपाटीसँग भने– ‘मलाई ५० पटक क्लिनिक बोलाएर दाँतको उपचार गर्न लगाए तर, मैले दाँतको उपचारको लागि १ लाख ६२ हजार रुपैयाँ बुझाएँ ।’
जिरकोनियाँ दात उपचार गराउँदा १० वर्षको ग्यारेन्टी हुन्छ तर, स्माइलका सञ्चालकले ग्यारेन्टी कार्ड नदिएको अर्का पीडितले गुनासो गरे । ती पीडितले भने–‘त्यहाँ उपचारपछि दाँत झन् बिग्रिन थाल्यो, अहिले दाँत फुट्यो रगत आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल