मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्विप
शुक्रबार, १८ साउन २०८१, १५ : ४६

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । शुक्रबार बसेको कांग्रेस र एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।
मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभाको बैठकमा उनी विश्वासको मत लिन गइरहेका हुन् ।