आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जनताको स्वास्थ्यमाथि खेलबाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन

शुक्रबार, १८ साउन २०८१, १४ : ४७
शुक्रबार, १८ साउन २०८१

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् । 

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराए । खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उहाँले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याए । 

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीय सम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप