सांसदको प्रश्न– धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादले सरकार ढलेको हो ?
काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादको विषयमा प्रश्न उठेको छ ।
पूर्वअर्थ मन्त्री डा.प्रकाशशरण महतसहित वर्तमानमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समेत उपस्थित शुक्रबारको बैठकमा सांसद छिरिङ लामाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न गरेका हुन् । उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादले सरकार ढलेको हो भन्दै प्रश्न गरे ।
‘हुन त यही धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाले अघिल्लो सरकार ढल्यो भन्ने पनि सुनिएको छ, खास के हो ? अध्यक्ष नियुक्ति प्रक्रिया कहाँ पुग्यो ? किन रोकिएको छ ?’ सांसद लामाले प्रश्न गरे ।
सांसद लामाले भन्सार छलीको केशमा बीवाईडी लगायत अन्य विद्युतीय सवारीहरूको भन्सार छली भएको भन्ने सुनिएकोमा छानबिन के–कसरी हुँदैछ भन्दै प्रश्न समेत गरे ।
यस्तै सांसद अमर बहादुर रायमाझीले २४ खर्बमाथिको सार्वजनिक ऋण उठाएर सरकारले कहाँ खर्च गरिरहेको छ स्पष्ट पार्नुपर्ने बताए । यो ऋण उत्पादन र रोजगारीको क्षेत्रमा गएको छ कि छैन ख्याल गर्नुपर्ने उनले बताए ।
विभागीय मन्त्रीको व्यस्तताले समितिमा आएको चारवटा विधेयक रोकिएको भन्दै यसलाई छिटो मूर्तरूप दिन समितिले सक्रियता लिनुपर्ने सांसदहरूले माग छ । ६/७ महिनादेखि अर्थमा विधेयक रोकिँदा काममा समस्या आएको सांसदहरूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया