चारकोल पोल्नेको कथा : फोहोरबाट मोहोर, झाडी पोलेर लाखौं कमाई
काभ्रे– सुन्दा अचम्म लाग्न सक्छ, बनपाखाको झाडी पोलेर लाखौं कमाई हुन्छ भन्दा । तर, यो यथार्थ बनाएका छन् काभ्रे कोशिपारी भेगका केही उद्यमीहरुले । जसले झाँडी पोलेरै लाखौं कमाई गरिरहेका छन् ।
केही बर्ष अघिसम्म रोजगारीको खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा पोल्नमै व्यस्त छन् । वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँसम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् ।
काभ्रे कोशीपारीका ६५ बर्षिय बाबुराम तामाङ दैनिकजसो पाखामा काँडा काटिरहेको अवस्थामा भेटिन्छन् । बारीमा लगाएको मकैं दुम्सी र बदेलले छिनमै स्वाहा बनाउने तामाङलाई केहीबर्ष अघिसम्म दैनिक छाक टार्न मुस्किल पर्ने गर्दथ्यो । ‘अहिले भने मेरा सुखका दिन आए, यसरी बनको फोहोरबाट मोहोर कमाईएला भन्ने मैले सोचेको पनि थिइन’ उनले सुनाए ।
उनीमात्र होइन, वनपाखामा त्यसै उम्रिएर हैरान हुने उन्यू,बनमारा,अैसेलु लगायतका काँडा यतिखेर यस क्षेत्रका किसानका लागि गतिलो आम्दानीको स्रोत बनेको छ । झाँडी काटेर कृषकहरुले चारकोल बनाउन सुरु गरेसँगै यस क्षेत्रका किसानहरुको आर्थिक स्थीतिमा समेत सुधार आएको हो । दाउरा, काठ र सुकेका बायोमासबाट चारकोल बनाइन्छ । यसलाई गोल पनि भनिन्छ ।
केही समयअघिसम्म त्यसैखेर गइरहेको बुट्यानलाई काटेर जलाएपछि निस्कने चारकोलको ब्यापारबाटे आम्दानी गर्न सकिन्छ भन्ने कुरा यस क्षेत्रका किसानहरुलाई थाहा थिएन । वनपाखामा झाँडी बढ्दा बन्यजन्तुले दुख दिएर खेतबारीमा लगाएको वालीनाली समेत नष्ट हुने गर्दथ्यो । तर अहिले झाडी कटानले गर्दा वन्यजन्तुको भय समेत खेप्नु परेको छैन । गाउँघरमै यसरी पैसा कमाउन सकिएला भन्ने आफूले सपनामा पनि नसोचेको चौरी देउराली गाउपालिका १ सानो बांगथलीकी भगवती उप्रेतीले सुनाइन् । ‘अहिले मेरो जीवननै काँडा पोलेर बितेको छ’ उनले खुसी ब्यक्त गरिन् ।
सावित्री भुकम्पले बसोबास गर्ने घर ढलेदेखि उदास थिइन् । ढलेको घर कसरी बनाउने भन्ने चिन्तामा रहेकी सावित्रीले चारकोल बनाउन थालेदेखि खुसीमात्र छैनन चारकोल बेचेरै घर बनाउने सोचमा छन् । जैविक इन्धनको रुपमा चारकोललाई लिइन्छ । झाडी पोलेर तयार हुने चारकोलबाट खाना पाकाउन, होटल तथा रेस्टुरामा मात्र हैन ईट्टा भट्टामा कोइलाको विकल्पमा समेत प्रयोग गर्न किफायति मानिन्छ ।
चारकोल निर्माणबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने जिल्ला वनकार्यलयका प्रमुख प्रेम खनाल बताउछन् ।
रुखका स–साना हाँगाबिँगा, पातपतिङ्गरजस्ता खेर जाने वायोमासलाई विशेष प्रविधि रिट्रोट भित्र ४ र ५ घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेको कोइलालाई चारकोलको रुपमा प्रयोग गर्न सकिन्छ ।
कृषिजन्य अवेशष, पातपतिङ्गर, सुकेका फलफूलका बोक्रा, रुखका बोक्रा, धुलो आदिबाट पनि चारकोल तयार गर्न सकिन्छ । चारकोलको लागत ठाउँ हेरेर प्रतिकेजी १९ देखि २२ रुपैयाँ पर्दछ ।
इँटाभट्टामा कोइलाको प्रयोगबाट निस्कने धुवाँमा कार्वनडाइअक्साइडको मात्रा अत्यधिक रहेको जानकारहरु बताउँछन् । मुलुकका करिब ८०० वटा इँटाभट्टाले वर्षमा करिब पाँच लाख ६५ हजार मेक्ट्रिक टन कोइला खपत गर्दछन् ।
इँटा भट्टाबाहेक चारकोललाई घरायसी इन्धनको रुपमा खाना पकाउन, कोठा तताउन र होटल, रेस्टुराँलगायत अन्य उद्योगरकारखानामा पनि प्रयोगमा ल्याउन सकिने भएकाले यसको व्यावसायिक उत्पादनमा ध्यान दिनुपर्ने अर्गानिक वल्र्ड प्रालीका संचालक राजन पराजुली बताउँछन् ।
अर्गानिक वल्र्ड प्रालीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ । कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ ।
गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्ने सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्घि भइरहेको छ । अर्गानिक वल्र्डप्रालीले किसानहरुको चारकोल किनेर दियालो प्यालेट बनाई बजारमा पठाउने गरेको छ । किसानहरुले दैनिक रुपमा चारकोल निर्माण बापत एक हजार रुपैया कमाउने गरेका छन् ।
कम्पनीले प्रति बोरा चारकोल २ सय ७५ रुपैयामा खरिद गर्ने गरेको छ । एक किसानले प्रति दिन १० बोरा चारकोल सम्म उत्पादन गर्न सक्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फक्सवागनले चीनमा बेच्यो आफ्नो एउटा कारखाना
-
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
-
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीविरुद्ध किन चलेन मुद्दा ?
-
अमेरिकामा नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’
-
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
-
‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा