डकुमेन्ट्री र सर्ट फिल्मलाई ठुला फिल्मजस्तै हलमा नियमित प्रदर्शन किन नगर्ने ?
नेपाली फिल्म हलहरूमा साना प्रोजेक्ट अर्थात् डकुमेन्ट्री र सर्ट फिल्मलाई किन प्रदर्शन गर्नुपर्छ ? यस विषयमा हामीकहाँ खासै बहस भएका छैनन् ।
नेपालको फिल्म उद्योगमा साना प्रोजेक्टलाई प्रोत्साहित गर्दा विविधता र नवीनता बढाउन सकिन्छ । सर्ट फिल्म र डकुमेन्ट्रीहरु विविध कथामा बनेका हुन्छन्, नयाँ कथा र दृष्टिकोणहरू प्रस्तुत हुन्छन्, जसले दर्शकलाई नयाँ स्वाद दिन सक्छ । कथावस्तुको विविधताका कारण छोटो अवधिका फिल्म दर्शकको ध्यानाकर्षण गर्न र उनीहरूलाई हलसम्म तान्न सक्षम छन् ।
हालको व्यस्त जीवनशैलीमा धेरै मानिसलाई तीन–चार घन्टा लामो फिल्म हेर्ने समय निकाल्न गाह्रो हुन्छ । त्यसैले आधा वा एक घन्टाका चलचित्र हेर्न दर्शकलाई सहज हुनेछ । फिल्म हलमा समय बिताउने तर आफ्नो दैनिक काममा पनि निरन्तरता राख्न चाहने दर्शकका लागि यो उपयुक्त विकल्प हो ।
- सामाजिक सचेतना
डकुमेन्ट्री वा सर्ट फिल्महरू प्रायः सामाजिक मुद्दामा केन्द्रित हुन्छन् । यस्ता फिल्मले दर्शकलाई विभिन्न सामाजिक समस्या, घटना र समाधानबारे जानकारी गराउँछन्; मानिसको सोच परिवर्तनका लागि प्रेरित गर्छन् ।
महिला अधिकार, बालश्रम, वातावरण संरक्षण र शिक्षाको महत्व लगायत थुप्रै विषय छन् । यिनै विषयवस्तुमा आधारित डकुमेन्ट्रीहरू र सर्ट फिल्मले समाजमा सकारात्मक प्रभाव पार्न सक्छन् । साना प्रोजेक्ट सामाजिक मुद्दामा केन्द्रित हुँदा पत्रकारिताका लागि पनि सहयोगी हुन सक्छ ।
- फिल्म उद्योगको विस्तार
नेपाली फिल्म उद्योगमा नयाँ निर्देशक, लेखक र कलाकारहरूको उदय र उत्पादनका लागि साना प्रोजेक्टलाई प्रोत्साहन आवश्यक छ । यस्ता प्रोजेक्टले नयाँ प्रतिभालाई अवसर दिन्छन् र उनीहरूको सिर्जनशीलता प्रदर्शन गर्ने मञ्च प्रदान गर्छन् । यसले नयाँ सोच र शैलीलाई स्थान दिई उद्योगलाई समृद्ध बनाउँछ ।
टिकटक, रिल्स र स–साना भिडियो हेर्ने चलन बढेको छ । यसलाई ध्यानमा राख्दै साना प्रोजेक्टलाई हलमा प्रदर्शन गर्दा फिल्म उद्योगको दायरा विस्तार हुन्छ ।
डकुमेन्ट्रीहरू प्रायः गहन अनुसन्धानमा आधारित हुन्छन् । यस्ता प्रोजेक्टलाई प्रदर्शन गर्दा शैक्षिक संस्थानहरू, अनुसन्धानकर्ता र विद्यार्थीलाई पनि लाभ हुन्छ । यसले प्राज्ञिक अनुसन्धानको मूल्य बढाउँछ । शिक्षण संस्थानहरूले पनि यस्ता फिल्मलाई आफ्नो पाठ्यक्रममा समावेश गरेर शिक्षाको स्तर उकास्न सक्छन् । नियमित रूपमा शब्दमा पढ्ने विद्यार्थीहरू भिजुअल रूपमा तथ्यगत अनुभव गर्न पाए पढाइ थप प्रभावकारी हुन सक्छ ।
- निष्कर्ष
साना प्रोजेक्टलाई फिल्म हलमा नियमित रूपमा प्रदर्शन गर्न आवश्यक छ । यसले नेपाली फिल्म उद्योगमा विविधता, नवीनता र सामाजिक सचेतनाको विकास गर्छ । दर्शकको बदलिँदो रुचिलाई ध्यानमा राख्दै साना प्रोजेक्टको प्रदर्शनले फिल्म उद्योगलाई नयाँ उचाइमा पु-याउन सघाउँछ ।
ठुला र साना प्रोजेक्टको श्रेणी छुट्ट्याएर हलमा प्रदर्शन गर्दा नेपाली फिल्म उद्योगको सम्पूर्ण सम्भावनालाई उपयोग गर्न सकिन्छ । त्यसैले नेपाली फिल्म हलहरूमा छोटो अवधिका फिल्म देखाउने कल्चरको विकास गर्नु सान्दर्भिक र जायज छ । डकुमेन्ट्री र सर्ट फिल्मलाई हलमा चलाउने अभ्यास गरियो भने हलहरू पनि चलायमान हुन सक्छन् । त्यसैले चलचित्र विकास बोर्डमार्फत केही नियम र परिधि बनाएर यो नयाँ चलन सुरु गर्न सकिन्छ । विकास बोर्डमा नयाँ आउने अध्यक्षले यस विषयमा मनन गरून् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति