कक्षा १२ को नतिजा सुधार : ९ हजार ५९१ विद्यार्थीले ल्याए ३.६१ देखि ४.० जीपीए
शुक्रबार, १८ साउन २०८१, ११ : ५९

काठमाडौँ । कक्षा १२ को सार्वजनिक नतिजा अनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका हुन् ।
यसअघि गत वर्ष २०७९ सालको नतिजा अनुसार ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए । २०७८ सालको नतिजा अनुसार चार हजार १७९ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए ।
विगतको तुलनामा यो वर्ष ए प्लस ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या बढेको हो । त्यस्तै समग्र नतिजामा समेत सुधार देखिएको छ । नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।
गत वर्ष ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
-
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
-
कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
-
विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय
-
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
-
पञ्च महाभूत, दिशा र वास्तु