राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस गयो कर्णाली सरकारमा, कसलाई कुन मन्त्रालय ?

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा सहभागी बनेको छ । उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् ।
कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीकाअनुसार शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ ।
प्रवक्ता शाहीका अनुसार मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ ।
कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फ्यामिली म्यान–३’ का अभिनेता मृत फेला
-
क्यानडामा मतगणना जारी, मार्क कार्नीको लिबरल पार्टीले जित्ने संकेत
-
अमेजनले लन्च गर्यो आफ्नो पहिलो इन्टरनेट स्याटलाइट
-
प्रतिनिधिसभामा विपक्षीको विरोध
-
एनआरएनएका प्रतिनिधिहरुको जोड– एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न होस्
-
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने