बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

इरानको जुनसुकै हमलाबाट अमेरिकाले इजरायलको रक्षा गर्ने

शुक्रबार, १८ साउन २०८१, ११ : ४६
शुक्रबार, १८ साउन २०८१

तेल अभिभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन् । यस क्रममा उनले इरानको जुनसुकै हमलाबाट इजरायललाई जोगाउने वाचा गरेका छन् । 

इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव बढेको छ । हानियाको हत्याको प्रतिशोध लिने भन्दै इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको छ । बाइडेन बाहेक राष्ट्रपति पदमा डेमोक्रेटिक दलको सम्भावित दाबेदार कमला ह्यारिसले पनि नेतान्याहुसँग टेलिफोनमा कुरा गरेकी थिइन् ।

हानियाको हत्यापछि पश्चिम एसियामा तनाव बढ्ने डर

हमासका शीर्ष नेता इस्माइल हानियासँगै इजरायलले हालै बेरुतमा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रलाई मारेको थियो । यस्तो अवस्थामा हिजबुल्लाहले पनि इजरायलविरुद्ध प्रतिकार गर्न सक्ने देखिएको छ । इस्माइल हानियाको हत्यामा आफ्नो हात रहेको खुलासा नगरे पनि इजरायली सरकारले यसलाई अस्वीकार पनि गरेको छैन । हानियाको मृत्युपछि इजरायलले धम्कीहरू पाइरहेको छ ।

यसले गाजामा जारी द्वन्द्व पश्चिम एसियाभर फैलिने डर बढाएको छ । हानियाको मृत्युले इजरायल र हमासबिच जारी युद्धविरामको प्रयासमा धक्का लाग्ने डर छ । हानियाको मृत्युले गाजामा युद्धविराम सम्झौताका लागि जारी वार्तामा कस्तो प्रभाव पार्छ भन्नेबारे बताउन अहिले नै हतार हुने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप