फ्राइडे रिलिज : ‘मोदीबेनी’ भर्सेज ‘शिरफूल’
काठमाडौँ । फ्राइडे रिलिजको परम्परा धान्दै आज देशभर २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘मोदीबेनी’ भर्सेज ‘शिरफूल’ । यी दुवै फिल्म देशभर एक अर्कोसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । फरक कथामा बनेका दुई फिल्ममध्ये ‘मोदीबेनी’ शङ्कर कोइरालाको निर्देशनमा बनेको फिल्म हो । ‘शिरफूल’ निर्देशक भने कमल एक्चै मगर हुन् ।
‘मोदीबेनी’ : एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथामा बनेको फिल्म हो ‘मोदीबेनी’ । फिल्मको बुधवार प्रिमिएर गरिएको थियो । प्रिमिएरमा राम्रो प्रतिक्रिया पाएको फिल्म दर्शकले पनि रुचाउने अपेक्षा निर्माण युनिटको छ । फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको हो ।
फिल्ममा वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउँवाला गौतम लगायतको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मका दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता हुन् ।
‘शिरफूल’
‘शिरफूल’ आदिवासी जनजाति महिलाहरूले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । फिल्मले पनि छोरीलाई बिम्बको रूपमा बुझाउन खोजेको छ । फिल्ममा आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ ।
रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगर लगायतको अभिनय फिल्ममा छ ।
हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म आशीर्वाद पुनमगर र माया छन्त्याल पुनको लगानीमा बनेको हो । फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् । अभिनेत्री मरिस्का पोखरेलको समेत विशेष भूमिका रहेको फिल्म आरआर फिल्मसले वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी