कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो ।
बोर्डले यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।
तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो ।
‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा