कैशलटारमा लागेको आगो निभाउन पाँच दमकलको प्रयोग
शुक्रबार, १८ साउन २०८१, ०८ : ५९

भक्तपुर । गएराति भक्तपुरको कैशलटारमा लागेको आगो नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
हिजो राति १०ः२० बजे कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको ४ तले पक्की घरको भुईँ तलामा रहेको नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी भएको थियो ।
उक्त आगो भक्तपुरको २ वटा, काठमाडौँको २ वटा र ललितपुरको एक गरी ५ दमकलको प्रयोग गरी राति ११ः४७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । एकिन क्षतिको विवरण आउन भने बाँकी नै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्यितार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद