सौर्य एयरलाइन्स दुर्घटना
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्य डिस्चार्ज
बिहीबार, १७ साउन २०८१, २३ : ०३

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।
शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पताल श्रोतले रातोपाटीलाई जानकारी दिएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।
सो दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत (कित्तासहित)
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने