बस चेकजाँच गर्दा भारतीय किशोरको साथमा पेस्तोल बरामद
बिहीबार, १७ साउन २०८१, २१ : ४६
सिरहा । सिरहाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।
आज साँझ करिब साढे ६ बजे सखुवानन्कारकट्टी– ५ मा रहेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहा कार्यालय अगाडी ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गरेको थियो । प्रहरी हवल्दार रमेश सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले भारतीय नागरिकको साथबाट कालो रङको गियोबस एयर पेस्तोल स्विङ एक थान १ फेला परेको थियो ।
प्रहरीले पेस्तोल बोक्ने भारतको मधुवनी ग्राम पञ्चायत पिपराही झझरी टोल बस्ने १८ वर्षीय निरजकुमार पासवान र उनको साथमा आएका सो जिल्लाको बलानशेर टोलका ३७ वर्षीय अरुण साहलाई पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
-
‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
-
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
-
पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत
-
ओखलढुङ्गा पत्रकार समाज विधिवत् दर्ता
-
कार्यविभाजन टुङ्ग्याउन माओवादी पदाधिकारी बैठक बस्दै