पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द
बिहीबार, १७ साउन २०८१, २० : ३५

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो ।
फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जनाउँदै मंगलबारबाटै कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।
दूतावासले पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भइसकेको भन्दै कामकारबाही बन्द गर्न निर्देशन दिएबमोमिज सेवा बन्द गरिएको महावाणिज्यदूतावासले बताएको छ । दूतावासको निर्देशनमा कार्यालयको सम्पूर्ण सेवा बन्द भएको जनाउँदै महावाणिज्यदूतावासले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक