आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह
![आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह](https://npcdn.ratopati.com/media/news/ss_ZR31uSfWL6.jpg)
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।
श्रम मन्त्रालयमा बिहीबार विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनको भेटमा आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजनामा सहयोग गर्न आग्रह गरेका हुन् ।
श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदार लगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताए ।
निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए । सो क्रममा आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दिगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु