‘कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण भूमिका’
_xX8mQMHKtc.jpg)
काठमाडौँ । सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण भूमिका छ । संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ ।
सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण भूमिका रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीले बताए । नेपालमा ५ वर्ष मुनिका २५ प्रतिशत बालबालिकाहरु पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रत्तअल्पताबाट ग्रसित रहेको अधिकारीको भनाई छ । ‘आमाको दुध बच्चाका लागि अमृत सम्मान हो,’ उनले भने, ‘६ महिना आमाले स्तनपान अनिवार्य गराउनुपर्छ ।’
विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै छ । बर्सेनि १ देखि ७ अगस्टसम्म साताभर यो दिवस मनाइन्छ । यस वर्ष पनि सधैँ जस्तै अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी मनाइँदै छ ।
यस वर्ष ‘स्तनपानमा समानता : सबैको सहयोग र सहभागिता’ भन्ने नाराका साथ ३२ औँ स्तनपान सप्ताह मनाइँदै छ ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार नेपालमा शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत छ भने पूर्णस्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत र शिशु जन्मेदेखि वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको सङ्ख्या ९४ प्रतिशत छ ।
स्वास्थ्य सर्वेक्षण अनुसार पूर्णस्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत छ । पूर्णस्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमाहरूमा कम देखिएको छ भने न्यून आय भएका (६४ प्रतिशत) मा उच्च आय भएका (४४ प्रतिशत) परिवारका आमाहरूले पूर्णस्तनपान कम गराएको पाइएको छ ।
नेपालमा बोतलपान गराएका शिशुको सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी (४३ प्रतिशत) र कर्णालीमा सबैभन्दा कम (११ प्रतिशत) छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले स्तनपान सप्ताह पारेर आमा तथा कुरुवाहरूलाई लक्षित गरेर हाजिरी जवाफ तथा प्रदर्शनीको आयोजना गर्नुका साथै हप्ताभरि स्तनपान परामर्श दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी