सामाजिक र सांस्कृतिक रूपान्तरण आवश्यक छ : अध्यक्ष दाहाल
बिहीबार, १७ साउन २०८१, १७ : ५६

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रूपान्तरणको आवश्यकता रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाबाट सरकारलाई भएका रुलिङ, सभाका समितिबाट दिइएका निर्देशन एवं सुझावबारे कार्यान्वयनमा तदारुकता दिन सरकारलाई दबाब दिनुपर्ने बताए । उनले राष्ट्रिय सभा आफैँले उत्पादन गरेका र आफैँले निक्र्यौल गरेका विषयहरूलाई कार्यान्वयन गराउन गहन भएर लाग्नुपर्ने बताए । कार्यान्वयनको पक्षमा तदारुकता देखाउने, अनुगमनको विषयलाई कसरी लैजाने ? सरकारसँगको सम्बन्धलाई कायम गर्ने भन्नेबारेमा नयाँ बहस सुरु गर्न जरुरी रहेको बताए ।
अध्यक्ष दाहालले महिला, सामाजिक विषयहरूमा पनि जटिल समस्या रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन