मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

दारी ग्याङले फुटसल प्रतियोगिता आयोजना गर्ने

बिहीबार, १७ साउन २०८१, १७ : ३४
बिहीबार, १७ साउन २०८१

काठमाडौंँ । सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरुको समूह दारी ग्याङले आफ्नो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । दारी ग्याङले प्रतियोगितामा सहभागिताका लागि टोली दर्ताको प्रक्रिया पनि अगाडि बढाएको छ ।

प्रतियोगिता आगामी भदौ १४ र १५ गते आयोजना हुने बताइएको छ । प्रतियोगितामा देशभरीका ३२ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिता लिग कप नकआउटका आधरमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको यो पहिलो संकरण हो । प्रतियोगीताको बिजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उप–बिजेताले ३० हजार रुपैयाँ पुरस्कार हात पार्ने जानकारी आयोजक दारी ग्याङका सक्रिय सदस्य एवं दारी ग्याङ फुटसल ब्यबस्थापन समिती सदस्य निरोज कुमार भट्टराईले दिए ।

‘परोपकारको लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगितापछि बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने जानकारी दारी ग्याङका केन्द्रीय सदस्य महेश्वर घिमिरेले दिए । दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा सक्रिय युवाहरुको समूह हो । यो समुहले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप