शिक्षा समिति बैठकमा धनराज गुरुङले कर्मचारीलाई थर्काए

काठमाडौँ । संसद्को शिक्षा समितिको बैठकमा मेडिकल शिक्षण संस्थाहरूको विषयमा छलफल जारी छ । बिहीबारको बैठकमा चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दिने सम्बन्धनका विषयमा छलफल चलिरहेको छ ।
बैठकमा आयोग, परिषद्का पदाधिकारीसँग समिति सदस्यहरूले छलफल गरिरहेका छन् । छलफलको क्रममा परिषद्को तर्फबाट शिक्षण संस्थाहरूलाई सम्बन्धन दिन ढिलाइ भएको विषयमा जानकारी दिएका थिए । मन्त्री पटकपटक परिवर्तन हुँदा परिषद्ले निर्णय गर्न ढिलाइ हुने गरेको धारण राखेका थिए ।
सम्बन्धन महाशाखा प्रमुख टैलेन्द्र आचार्यले मन्त्री परिवर्तन हुँदा परिषद्ले सम्बन्धन दिन नसकेको बताएका थिए ।
उनले मन्त्री परिवर्तन हुँदा निर्णय गर्न ढिलाइ भइरहेको बताइरहँदा नेपाली कांग्रेसको तर्फबाट समिति सदस्य धनराज गुरुङले आपत्ति जनाए ।
आचार्य बोल्दा बोल्दै तत्कालै रोकेर गुरुङले मन्त्रीका कारण निर्णय गर्न ढिलाइ भएको भन्ने कुतर्क नगर्न सचेत गराए ।
‘मन्त्रीका कारण ढिलाइ भयो भन्ने कुतर्क नगर्नुस् है । कुन दिन मन्त्री खाली भएका छन् र ? आफूले काम नगर्ने अनि मन्त्रीका कारण गर्न सकिएन भन्नू कुतर्क हो । यस्तो कुरा नगर्नुस् है,’ गुरुङले थर्काउँदै भने ।
गुरुङले थर्काएपछि आचार्यले आफ्नो भनाइ अन्त्य गरेमा थिए । त्यसपछि परिषद्का सदस्य सचिव महेश भट्टराईले मन्त्रीका कारण ढिलाइ भएको भन्ने भनाइ फिर्ता लिए ।
‘यसअघि हाम्रो तर्फबाट मन्त्रीका कारण ढिलाइ भयो भन्ने भनाइ फिर्ता लिन्छु । मन्त्री ज्यूका कारण ढिलाइ भएको होइन । त्यसमा हाम्रै कमजोरी छ,’ सदस्य सचिव भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा