हैजा कसरी लाग्छ ? यसबाट कसरी जोगिने ?

पछिल्लो समय तीन जिल्लाका २२ जनामा हैजा पुष्टि भएको छ । यो रोग झाडापखाला पानीजन्य रोग अन्तर्गत पर्छ । पानी र खाने कुरामा हैजाको जीवाणु मिश्रित भएमा यो रोग फैलिन्छ ।
खासगरी सङ्क्रमित व्यक्तिको दिसामा रहेको जीवाणु खानेकुरासम्म आइपुग्ने र पानी वा खाने कुरा प्रदूषित भइसकेपछि मानिसले सेवन गर्दा हैजा रोग लाग्दछ । बर्खामा हैजा लाग्नुको मुख्यकारण पानी प्रदूषण हुनका साथै व्यक्तिगत सरसफाइ नहुनु हो ।
विगतका वर्षमा पनि फाट्टफुट्ट हैजाका बिरामी देखिएका थिए । तर यो वर्ष एकै ठाउँमा, ललितपुरको गोदावरीस्थित एक पुनर्स्थापना केन्द्रमा १० जनामा हैजा देखिएर बढी चर्चा भएको हो । देशभर २२ जनामा हैजा पुष्टि भएको छ । यसले गर्दा ‘हाइजिन’ व्यवस्थापन गर्न सकेका छैनौँ भन्ने देखाउँछ ।
व्यक्तिगत हाइजिन, खाने पानीको हाइजिन, वितरण गरिने पानीको हाइजिन व्यवस्थापन हुन सकेको छैन । यो विषयलाई ध्यान दिनसके हैजाबाट जोगिन सकिन्छ । पिउने पानीमा शुद्धता व्यवस्थापन हुन नसकेको देखिन्छ ।
अर्को अचम्म लाग्ने कुरा, ललितपुर, काठमाडौँ र कैलालीमा देखिएको हैजा एक अर्कासँग अन्तरसम्बन्धित छैनन् । जस्तो कि काठमाडौँको सङ्क्रमित मान्छे गोदावरीको पुनर्स्थापना केन्द्र गएर आएको भेटिएको छैन ।
हैजाको जीवाणु छन् । यसबाट जोगिन ‘प्रिभेन्टिभ मेजर’ अपनाउनुपर्छ । बाहिरको खानेकुरा खाँदा सावधानी अपनाउनु पर्ने देखिएको छ ।
हैजाको जीवाणु ‘हाइजिन’ व्यवस्थापन गर्न नसकेको ठाउँहरूमा हैजा देखिएको छ । जो मान्छेले अलिकति व्यक्तिगत सरसफाइमा ध्यान दिएको छैन, जसले हाइजिन मेन्टेन गरेन, जसले जथाभाबी खाएको छ, त्यस्ता मानिसमा हैजा देखिने धेरै सम्भावना हुन्छ ।
बर्खायामको समय पानी शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ । पानी उमालेर पिउने यो रोगबाट बच्ने मुख्य उपाय हो । खाना बनाउनुअघि, हात धुनुअघि, बच्चाहरूलाई खुवाउनु अघि अनिवार्य हात धुनुपर्छ । सडेगलेका खानेकुरा नखाने, खाद्य स्वच्छतमा विशेष ध्यान दिने गर्नुपर्छ ।
कुनै सामुदाय वा क्षेत्रमा झाडापखालाका बिरामी बढी छन् भने १११५ नम्बरमा फोन गरेर जानकारी गराउन वा यहाँबाट परामर्श पनि लिन सकिन्छ ।
‘वाटर हेल्थ एजुकेशन हाइजिन’ का कार्यहरू सुरु भइसकेका छन् । तर हैजा फैलिन नदिन व्यक्तिगत सरसफाइदेखि सरोकारवाला निकायको महत्त्वपूर्ण भूमिका छ ।
(इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा.पौडेलसँग रातोपाटीका लागि सरिता थारूले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?