सीमा विवादसम्बन्धी वार्तालाई तीव्रता दिन चीन र भारत सहमत

बेइजिङ । चीन र भारतले आपसी सीमामा रहेको विवाद हल गर्न र सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने सम्बन्धी वार्तालाई तीव्रता दिन सहमति गरेका छन् । नयाँ दिल्लीमा बुधवार बसेको सीमासम्बन्धी वार्ताको ३० औँ चरणको छलफलमार्फत सो सहमति गरेका हुन् ।
उक्त बैठकमा दुवै पक्षले सीमामा रहेको खास समस्याहरूमा केन्द्रित हुन र एक अर्काका जायज चिन्तालाई सम्बोधन गर्ने विषयमा पुग्न पनि सहमति भएको बिहीबार विज्ञप्ति जारी गर्दै चीनको विदेश मन्त्रालयले बताएको छ ।
सो बैठकमा कूटनीतिक र सैन्य च्यानलबाट कुराकानीलाई जारी राख्न, वार्ता गर्ने संयन्त्र निर्माणलाई बलियो पार्न, वार्ता प्रक्रियालाई तीव्रता दिँदै सीमा विवादलाई सकेसम्म छिटै सल्टाउन र आपसी सम्बन्धमा स्वस्थ र स्थिर विकासको प्रवर्द्धनमा जोड दिन पनि दुवै पक्ष सहमत भएका छन् ।
यता, भारतको विदेश मामिला मन्त्रालयले पनि दुवै पक्षले विद्यमान समस्याको छिट्टै समाधान निकाल्ने गरी एलएसीमा अहिलेको अवस्थाको समीक्षा गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै