दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराइयो विमान
बिहीबार, १७ साउन २०८१, १४ : ५७

काठमाडौँ । आयरल्याण्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराउनु परेको छ ।
गत शुक्रबार आयरल्याण्डको डब्लिनबाट स्पेनको मल्लारोका जान लागेको विमानभित्र दम्पतीले चर्को विवादका साथै हिंस्रक झगडा गरेको बताइएको छ ।
चालक दलका सदस्यले झगडा साम्य गर्न नसकेपछि आपतकालीन अवस्था घोषणा गरी उक्त विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराउनु परेको जनाइएको छ ।
आकस्मिक अवतरणपछि स्थानीय सुरक्षाकर्मीले विमानमा झगडामा संलग्न पुरुषलाई नियन्त्रणमा लिएको समाचार एजेन्सीहरूले जनाएका छन् । महिलाको अनुहारमा भने केही चोट रहेकाले प्राथमिक उपचार गराइएको छ ।
सो घटनाका कारण विमान आफ्नो निर्धारित यात्रामा करिब दुई घण्टा ढिलो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका
-
राजावादी आन्दोलन र माओवादी दायित्व
-
स्वास्थ्यमन्त्री पौडेलले भने– समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्नुस्
-
सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने