बीआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सुरु (तस्बिरहरु)
_GQ6gjAncb6.jpg)
काठमाडौँ । सातौँ संस्करणको बीआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ । कुल १६ विद्यालयको सहभागिता रहने उक्त प्रतियोगिता आजदेखि काठमाडौँको बौद्ध इन्टरनेशनल स्कुलमा सुरु भएको हो ।
‘खेलकुदलाई सामान्य रूपमा शारीरिक स्वास्थ्यसँग मात्रै नजोडेर यसलाई संस्कारको रूपमा स्थापित गर्नका लागि हामीले बास्केटबल प्रतियोगिता आयोजना गरेका हौँ । काठमाडौँ उपत्यकामा रहेका विभिन्न स्कुलहरूलाई एकत्रित गरेर खेलकुद मार्फत सबैलाई जोड्नका लागि पनि यो प्रतियोगिता आयोजना गर्दै आएका छौँ’ बौद्ध इन्टरनेशनलका सहप्राध्यापक दीपेश महर्जनले रातोपाटीलाई बताए ।
यो संस्करणको बास्केटबल प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ १० नयाँ टिम सहभागी हुने भएका छन् । यस वर्ष कुल १६ छात्र र १५ छात्रा समूहले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
‘यो प्रतियोगिताका विजेताले ट्रफी, मेडल र सर्टिफिकेट पाउनेछन् । यो प्रतियोगिता विद्यार्थीका लागि आफ्नो क्षमता प्रस्फुटन र प्रदर्शन गर्ने एउटा मौकाको रूपमा हामीले लिएका छौँ । विभिन्न विद्यालयबिच हुने प्रतिष्पर्धाले उनीहरुले थप अनुभव पाउँछन् र त्यसैलाई प्रयोग गर्दै उनीहरुले पछि राष्ट्रिय स्तरको खेल तथा समूहमा समेत आफ्नो उपस्थिति जनाउन सक्छन्’ खेल प्रशिक्षक सुब्रत राजोपाध्यायले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार