लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न सक्दैन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्त्वमध्ये विधिको शासन एउटा तत्त्व भएको बताएका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको “सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता” विषय छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताए । “फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ” उनले भने– “ कुनै मुद्दा चलेको छ भने छुट्न पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।”
सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो । “यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु” उनले भने– “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।”
त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए । “कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ । तर कहिलेकाहीँ अवधि भन्दा पहिले पनि हुन्छ ।”
मन्त्री लेखकले भने– “जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?” उनले यो प्रक्रियालाई सामान्य रूपमा लिन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
-
आयल निगमको धनगढी डिपो निर्माण अघि बढ्यो, साढे ३ अर्ब लागत अनुमान
-
जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने
-
प्रधानमन्त्री कप महिला क्रिकेट : कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित
-
अध्यादेश जारी गर्नुपर्ने कारणबारे मुख्यसचिवको प्रष्टीकरण
-
पर्यटन क्षेत्रको विकासका लागि सर्वपक्षीय भेला गर्दै सरकार