"/> "/>
सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रले पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्र देखिएको समस्या र भावी योजनाबारे गम्भीर छलफल गर्यो । यद्यपि कुनै निष्कर्षमा पुगेको छैन ।
विचारको विकास र पार्टी निर्माण गर्नका लागि साउन २५ गते स्थायी समिति बैठक बोलाएको छ । चार दिनसम्म चलेको बैठकमा कस्ता विषय उठे, अध्यक्ष प्रचण्डले जवाफमा के भने जस्ता विषयमा केन्द्रित रहेर रातोपाटी टिभीले उपमहासचिव हरिबोल गजुरेलसँग कुराकानी गरेको छ । प्रस्तुत, गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः
प्रचण्डले विश्वासको मत माग्दै गर्दा स्पष्ट रूपमा आफ्ना कुरा राख्नुभएको छ । दलाल नोकरशाही पुँजीपति वर्गको घेराबन्दीका कारण सरकार गयो भनेर उहाँले भन्नुभएको छ । त्यही नै सही हो ।
व्यापारी घरानाको घरमा बसेर, उनीहरूकै सहभागितामा जे गरियो, त्यो प्रस्ट रूपमा अगाडि आइसकेको छ । त्यो नै मुख्य कारण त होइन । तर कांगे्रस र एमालेभित्रको चिन्तन नै मुख्य हो । तयारी कसरी भयो भन्ने कुरा त्यहाँबाट उजागर भयो । हुनत पहिला पनि त्यस्तो हुन्थ्यो तर खुला भएको थिएन ।
हैन, टेक्निकल्ली बाहिर बोल्दा झस्किने खालको अभिव्यक्ति आयो । तर ती मुख्य कारण होइन । मुख्य कारण परिवर्तनप्रति कांग्रेस र एमालेको अरुचि नै हो । २०७४ सालमा झण्डै दुई तिहाइको सरकार हुँदा संविधान संशोधनको मुद्दा हामीले उठाउनुपर्थ्यो । त्यसमा कमजोरी रह्यो ।
मैले राजीनामा दिँदा कांग्रेससँग गठबन्धन थियो । एमालेसँगको गठबन्धन स्वाभाविक नै थियो । एमालेले धोका दिए पनि स्वाभाविक नै थियो । गलत थियो भनेर हामी भन्दैनौँ । मेरो राजीनामा दिनुको अर्कै कारण हो । भ्रष्टाचारविरुद्धको आन्दोलनमा जसरी जानुपर्थ्यो, त्यसरी जान नसकेकोमा राजीनामा दिएको हुँ ।
पछि उहाँले केही कोसिस गर्नुभयो । रवि लामिछाने गृहमन्त्री भएपछि पनि कोसिस नगरेका होइनन् । प्रधानमन्त्रीको सहमतिविना कृष्णबहादुर महरालाई पक्राउ गर्न सजिलो थिएन । उहाँले आफ्नो विषयमा पनि केही आयो भने छानबिनमा सघाउन तयार छु भन्नुभएकै थियो । जेजस्तो भए पनि ठुल्ठुला नेताहरू छानबिनको दयरामा आएका छन् ।
बोल्न त पहिला पनि नपाउने कुरा थिएन । सरकारमा भएका बेला २/३ घण्टा बोल्न सम्भव थिएन । अहिले सबैले खुला कुरा राखेका हुन् । अहिले पार्टी कमजोर भएको अवस्था छ । पार्टी निर्माणको विषयमा जनताले पनि प्रश्न उठाएका छन् । यस्तो बेला नयाँ शिराबाट अगाडि बढाउनु पर्छ भनेर छलफल भएको हो । अन्तरविरोधलाई पनि हल गर्ने गरी अगाडि बढेको छ । पहिला आफू करेक्सन हुने र त्यसपछि कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउनु पर्छ भनेर उहाँले छलफल चलाउनुभयो ।
मैले धेरै कुरा गर्न मिल्दैन । तर सिरियस कुरा राखेको छु । पार्टीमा जे–जति नीतिगत निर्णय भएका छन्, हामी सबै सामेल भएका छौँ । प्रचण्ड पनि सामेल हुनुहुन्छ । हामी पनि सामेल छौँ । जस अपजसको मुख्य भागिदार मूल नेतृत्व नै हुन्छ । यसो भन्दैमा पार्टीमा जुन क्षति पुगेको छ, त्यसको जिम्मेवारी सबैले लिनुपर्छ । पदाधिकारी बैठकमा जे–जस्ता एजेण्डा आउँछ, त्यसमा पदाधिकारीहरूले आफ्नो अडान लिन सक्नुपर्थ्यो । हामीभित्र विरोध गर्नेले पनि सही ठाउँमा बसेर प्रतिवाद गर्न नसक्ने, समर्थन गर्नेले पनि सही ठाउँमा बसेर समर्थन नगर्ने । अनि उत्तराधिकारी कसरी तयार हुन्छ ? सही ठाउँमा बसेर विरोध गर्दा उत्तराधिकारी तयार हुन्छ ।
जस्तै प्रचण्डले मोहनविक्रम सिंहको गलत कार्यको विरोध गर्नुभयो । मोहनविक्रमको चिन्तन नै गलत छ । विचारमा विचलन आएको छ भने पहिलो पटक प्रचण्डले नै बोल्नुभएको हो । मोहनविक्रमसँग सङ्घर्ष गर्दा पनि सही ठाउँमा बसेर विरोध गर्नुभयो । त्यसपछि मोटो मशाल बनाउँदा पनि नजिक बसेर मोहन वैद्यलाई सहयोग गर्नुभयो ।
मैले जोगाएको होइन । अहिलेको स्थितिमा जे यथार्थ हो, त्यही नै राख्नुपर्छ ।
अन्तिम दिन बैठक त उहाँले बोलाउनुभयो, जुन दिन सत्ता समीकरण बदलिसकेको थियो । त्यतिबेला मैले भनेको थिएँ– तपाईंले किन बैठक बोलाउनुभएको ? आधा घण्टापछि विष्णु पौडेलले कागज लिएर आउँदै हुनुहुन्छ । बरु जानकारी गराउनु न, मैले यसो गरेँ, तपाईँहरूलाई ठिक बेठिक के लाग्छ भन्नोस् भनेर ।
हैन अझै पनि समय छ भन्नुभयो उहाँले । समय घर्किसकेको थियो । त्यो त हाम्रो समस्यै छ । जस्तै तीन दिनको छलफलमा सामान्य कुरा बाहेक अन्य विषय बाहिर नजाहोस् भनेपछि बाहिर कुनै कुरा आएन । त्यति हैसियत त पदाधिकारीमा रहेछ नि ।
विकल्पको विषयमा त्यस्तो छलफल भएको छैन । विकल्प कतिखेर हुन्थ्यो भने जसले सही ठाउँमा बसेर प्रतिवाद गरेको भए विकल्प त्यही हुन्थ्यो । हामीले त्यसो गरेनौँ । हामीले आफैँलाई केन्द्रमा राखेर काम गर्यौँ । मेरो हकमा बढी विश्वासले काम गर्यो । कतिपय साथीहरूले स्वार्थमा रहेर काम गरे । कतिपयले ठिक ठाउँमा बसेर प्रतिवाद गरेनन् । किरणजीले बाबुरामसँग जोडिएर धोबीघाटमा बसेर प्रतिवाद गर्नुभयो । त्यसैले माओवादीमा उत्तराधिकारी भएनन् । कम्युनिस्ट पार्टीमा सही ठाउँमा बसेर नेतृत्वलाई सहयोग गर्यो भने पनि उत्तराधिकारी बन्छ । सही ठाउँमा बसेर प्रतिवाद गरे पनि उत्तराधिकारी बन्छ ।
पहिला त प्रचण्डलाई बढी नै विश्वास गरियो । १० वर्ष क्रान्तिको नेतृत्व गर्नुभयो भनेर सहयोग गर्नतिर लागियो । उहाँ नेता हो । म पनि एउटा घटकको नेतृत्व गरेर एकता प्रक्रियामा जोडिएका हौँ ।
पहिला त प्रचण्डलाई बढी नै विश्वास गरियो । १० वर्ष क्रान्तिको नेतृत्व गर्नुभयो भनेर सहयोग गर्नतिर लागियो । उहाँ नेता हो । म पनि एउटा घटकको नेतृत्व गरेर एकता प्रक्रियामा जोडिएका हौँ । त्यस्तै निर्मल लामा, रुपलाल विश्वकर्मासहित चार दलको नेतृत्व गरेर नै पार्टी एकता भएको हो । त्यतिबेला आफूले पनि खबरदारी गरेको भए पार्टी अहिले यस्तो हुने थिएन । यतिसम्म भयो कि सर्लाहीको मलंगवामा ०६२ चैत २३ गते कब्जा भयो । २४ गतेबाट जनआन्दोलन थियो । संविधानसभा निर्वाचन पछि म कोचिला राज्यमा पुगेँ । मेरो नेतृत्वमा २२ मध्ये १० सिट जित्यो । त्यो बेला कसैले विश्वास गर्दैनथ्यो । सिटौलाजी हार्नुभयो । एकताकेन्द्रसँग एकता भइसकेपछि स्थायी समितिमा म परिनँ । त्यतिबेला म नभए पनि प्रचण्डको नेतृत्वमा क्रान्ति बढोस् न त भनेर सहयोग गरेँ । त्यतिबेला मापदण्ड के हो भनेर प्रश्न गर्नुपर्थ्यो, तर गरिनँ । अहिले आएर गल्ती गरिएछ जस्तो लाग्यो । देशभरि सहानुभूति हुन्थ्यो । पार्टीले कारबाही गरेको भए पनि कार्यकर्ताको समर्थन पाइन्थ्यो । त्यसैले मैले बढी विश्वास गरेँ ।
हैन त्यस्तो होइन । कारण अर्कै छन् । हिजोको बैठकमा पनि अध्यक्षले सिरियस कुरा राख्नुभएको छ । शान्ति प्रक्रियामा आएपछि अन्तरसङ्घर्षमा नेता तथा कार्यकर्ताहरू जोडिएका छन् । माओवादी विरोधी शक्तिहरूले माओवादीलाई कसरी कमजोर बनाउने भनेर चलखेल गर्ने हुन्छ । त्यसलाई चिरिदिएको भए पार्टी एकताबद्ध हुन्थ्यो । घेराबन्दीलाई चिर्न सकेनौँ । त्यहाँ वास्तविक कमजोरी रहेको भनेर भन्नुभयो । त्यसकारण यस्ता कुरामा हाम्रो ध्यान गएन ।
कमजोरी उहाँको मात्र होइन, सबैको भयो । हिजो युद्धकालमा झेल्न सक्नुभयो । शान्तिकालमा आएपछि झेल्न सक्नुभएन किनकि त्यतिबेला सूचनाको पहुँच थिएन । अहिले सहरमा आएपछि प्रविधिको विकाससँगै माओवादी विरोधी शक्तिहरू सक्रिय भए । जहाँ क्रस भयो, सफल भयो । जहाँ क्रस हुन सकेन, पार्टी विभाजन भयो ।
१८ वर्षमा झण्डै १५ वर्ष कुनै न कुनै रूपमा सरकारमा रह्यौँ । १८ पटक सरकारमा जाँदा जनतालाई कति डेलिभरी दियौँ भनेर प्रश्न उठाएका छन् । यस विषयमा बैठकमा पनि कुरा उठेका छन् । यद्यपि दोसो कार्यकालमा अध्यक्ष संविधान कार्यान्वयन गर्नमा केन्द्रित रहनुभयो । मधेसी दलहरूलाई सहमतिमा ल्याएर चुनाव गराउनुभयो । तेस्रो कार्यकालमा कोसिस गर्नुभयो । पहिलो कार्यकालमा सेनापति प्रकरणमा भयङ्रकर नै गल्ती भयो । चार महिनापछि स्वतः अवकाशमा जान लागेका सेनापतिलाई कारबाही गर्नु हुन्थेन । यसमा पार्टीभित्रको अन्तरविरोधलाई सही ढङ्गले व्यवस्थापन गर्न सकेनौँ । राजीनामा दिन बाध्य भयौँ ।
पहिलो कुरा पहिलो संविधान सभा निर्वाचनपछि संविधान बन्ने स्थितिमा पुगेर संविधान बनेन । अलिकति लचिलो भएको भए अहिलेको भन्दा राम्रो संविधान त्यतिबेला बन्थ्यो । उल्टै सरकार पनि छोडियो । जनताले अपेक्षा गरेअनुसार भूमिका निर्वाह गर्न सकेनौँ । ०७० को निर्वाचनमा माओवादीको साइज स्वाट्टै घट्यो । यद्यपि प्रचण्डको पहलकदमीमा संविधान निर्माण भयो । ०७४ को निर्वाचनमा वाम गठबन्धन गर्यो । यसले राम्रो इमेज बनायो । विनापहिचान र तयारी नगरी पार्टी एकता भयो । सबैभन्दा ठुलो गल्ती गरिएको त्यहाँ हो । वैचारिक र राजनैतिक छलफल नभइ आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा एकता भयो, त्यसले माओवादीलाई बढी क्षति गरायो ।
विकल्प हुन्छ । कुनै पनि पार्टीमा विकल्प नहुने हुँदैन । हाम्रो किन भएन भने हामीले सही ठाउँमा उभिएर सहयोग र प्रतिवाद गर्न सकेनौँ ।
कांग्रेस र एमालेलाई धन्यवाद दिनुपर्छ । माओवादीले रि–थिङ्क र समीक्षा गर्न मोर्चा कसिसकेको छ । अप्रत्यासित घटनामा जो पनि स्तब्ध हुन्छ । प्रचण्डलाई भएको त्यही हो ।
कांग्रेस र एमालेलाई धन्यवाद दिनुपर्छ । माओवादीले रि–थिङ्क र समीक्षा गर्न मोर्चा कसिसकेको छ । अप्रत्यासित घटनामा जो पनि स्तब्ध हुन्छ । प्रचण्डलाई भएको त्यही हो । यो स्वाभाविक हो । तर पार्टी पंक्तिमा सत्ता गुमेर खुसी आएको छ किनकि पार्टी निर्माण गर्न जनतामा जाने एउटा अवसर आएको छ । कोही निराश छैनन् ।
वैचारिक र राजनीतिक समस्या हो । कसरी पार्टी निर्माण गर्ने भन्नेमा सुझाव लिने काम भएको छ । निष्कर्षमा पुगेको छैन ।
कहाँ समस्या छ र कसरी जाने भन्नेमा करिब टुङ्गो लाग्ने क्रममा छ । माओवादी अब सकिँदैन । हिजो खतरा थियो । हेर्दै जानुहोला ।
कांग्रेस र एमालेले यथास्थितिबाट पश्चगमनमा लाने न हो । माओवादीलाई साइड लगाउने, कर्नरमा पार्ने कुरा हुँदैन रहेछ नि । संविधान जारी हुनेबेला पनि कांग्रेस र एमालेकै सरकार थियो । त्यतिबेला पनि माओवादी कर्नरमा परेन नि । त्यसकारण राम्रो काम गर्न अहिलेको सरकार बनेको होइन । ओलीजी प्रधानमन्त्री बन्न चाहेको भए प्रचण्ड दिने मुडमै हुनुहुन्थ्यो ।
वामपन्थी मिलेका छन् । संविधान कार्यान्वयन गर्नुछ । शान्ति प्रक्रियाका काम टुङ्ग्याउनु छ । प्रधानमन्त्रीको हैसियतले विपक्षी दलका नेतालाई भेट गर्नु राम्रो । कांग्रेसलाई पनि धेरै पर धकेल्नु त हुन्थेन नि ।
हामीले जनतालाई झुटमुट कुरा गरेर हुँदैन । जे हो त्यही भन्नुपर्छ । राम्रा नराम्रा चिजको जस लिँदै आगामी दिनमा करेक्सन गरेर जानुपर्छ । पार्टी अब जनतासँग जोडिनुपर्छ । अहिले जनताबाट कटेकाले विचारको विकास नभएको हो । जनताको विचार लिन्छौँ ।
हामीले जनतालाई झुटमुट कुरा गरेर हुँदैन । जे हो त्यही भन्नुपर्छ । राम्रा नराम्रा चिजको जस लिँदै आगामी दिनमा करेक्सन गरेर जानुपर्छ । पार्टी अब जनतासँग जोडिनुपर्छ । अहिले जनताबाट कटेकाले विचारको विकास नभएको हो । जनताको विचार लिन्छौँ ।
माओवादीको स्ट्रेन्थ कमजोर नै भयो । त्यसलाई स्वीकार गर्नुपर्छ ।
उहाँले कम्युनिस्ट पार्टीहरू किन कमजोर हुन्छन् ? किन अनावश्यक अन्तरविरोध र विभाजन हुन्छ ? यसको कारण खोतल्नुपर्छ । अब हामी नसच्चिकन उपाय नै छैन । अहिलेको छलफल र बहस भयो यो पर्याप्त छैन । म सन्तुष्ट छैन । यतिले पुग्दैन । सतहमा सबै चिज आउनुपर्छ । स्थायी समितिमा गएर फेरि छलफल गरौँ भन्नुभयो । मलाई अध्यक्ष बस्न मन छैन, एउटा संस्मरण लेख्न पाए भावी पुस्तालाई काम लाग्थ्यो तर समय भइसकेको छैन भन्नुभयो ।
उहाँहरू समानुपातिक समावेशी हटाउनुपर्छ भनिरहनुभएको छ । हामी प्र्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद हुनुपर्छ भनिरहेका छौँ । ठिक उल्टो कांग्रेस र एमाले हटाउन खोजिरहेका छन् । स्थायित्वका लागि दुई दलीय प्रणालीमा जानुपर्छ भनिरहेका छन् । त्यो सम्भव छैन ।
राम्रो काम गरे सरकार टिक्ने हो । राम्रो काम नगरे सरकार कहाँ टिक्छ ? जनताले राजनीतिक स्थायित्वसहितको डेलिभरी खोजेका छन् ।
माओवादी अब सकिँदैन । वे–आउट पहिचान गरिसकेपछि सकिँदैन । समस्याको पहिचान माओवादीले केही गरिसकेको छ । केही गर्न बाँकी छ ।
माओवादी अब सकिँदैन । वे–आउट पहिचान गरिसकेपछि सकिँदैन । समस्याको पहिचान माओवादीले केही गरिसकेको छ । केही गर्न बाँकी छ । विचार अनुसारको नीति, विधि र पद्धति बन्छ । त्यसले व्यवहारलाई सुधार्छ । माओवादीको विधान अधिवेशनले निर्वाचन प्रक्रिया अपनाउने भनेको छ । निर्वाचन प्रक्रियाले जनवाद त आयो, केन्द्रीयता खोइ ? कांग्रेस र एमालेभन्दा हामी कसरी भिन्न भयौँ ?
नेतृत्वमात्र होइन, सबै पदाधिकारीले सामूहिक राजीनामा दिउँ । पाटी बिगार्न अध्यक्षमात्र होइन, सबैले गल्ती गरेका छन् । आठौँ महाधिवेशनको विधानले स्थायी समितिको एक तिहाइ पदाधिकारी भनेको छ । अहिले ४६ जना स्थायी समिति छ । त्यसको एकतिहाइ पदाधिकारी हुनुपर्नेमा विधान उल्लङ्घन गरेका छौँ । त्यसरी पार्टी बन्छ ? अध्यक्षमार्फत स्थायी समितिमा सामूहिक राजीनामा दिने मैले प्रस्ताव गरेको छु । राजीनामा दिन मैले अनुमति मागेको छु ।
प्रतिक्रिया