यूएईमा ‘नेपाल आइडल विथ स्टेन्डअप कमेडी’ हुँदै
_Nwy307CDqD.jpg)
काठमाडौँ । ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारको उपस्थितिमा यूएईमा नेपाल आइडल विथ स्टेन्डअप कमेडी हुने भएको छ ।
आगामी अगस्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, फस्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति रहनेछ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम ‘नेपाल आइडल सिजन ५’ का विजेता र उपविजेताहरुको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको छ ।
नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिए ।
अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेस्टुरेन्ट, भान्साघर रेस्टुरेन्ट , ग्रिन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् । कार्यक्रममा सहभागी हुने कलाकारहरूको टोली शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता