बारम्बार एउटै गल्ती गरेपछि म्यानचेस्टर सिटीलाई ठुलो जरिवाना

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि २० लाख ९० हजार पाउन्ड जरिवाना लगाइएको छ । म्यानचेस्टर सिटीमाथि जरिवाना लगाइनुको कारण भने रोचक छ । खेलको दुबै हाफमा मैदानबाट ढिलो बाहिर निस्किएको भन्दै सिटीमाथि जरिवाना लगाइएको हो ।
बारम्बार त्यही गल्ती दोहोर्याएको आरोप म्यानचेस्ट सिटीमाथि लगाइएको छ । म्यानचेस्टर सिटीले पनि आफूले पटक–पटक प्रिमियर लिगको नियम उल्लङ्घन गरेको आरोप स्वीकार गरेको छ । कुनै उपयुक्त कारण बिना नै २२ पटक म्यानचेस्ट सिटीले यस्तो गल्ती गरेको थियो ।
आफूले बारम्बार गरेको गल्तीका लागि म्यानचेस्टर सिटीले माफी पनि मागेको छ । ‘हामीले बारम्बार प्रिमियर लिगको नियम उल्लङ्घन गरेका छौँ । त्यसका लागि हामी माफी पनि माग्न चाहन्छौँ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्लबले भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि जनाएको छ । सन् २०२२–२३ सिजनमा म्यानचेस्टर सिटीकै कारण आठपटक खेल निर्धारित समयभन्दा ढिलो सुरु भएपछि क्लबले तीन लाख ९० हजार पाउन्ड जरिवाना तिरेको थियो ।
यसैगरी, सन् २०२३–२४ सिजनमा पनि १४ पटक यस्तै गल्ती गरेपछि म्यानचेस्टर सिटीले १७ लाख पाउन्ड जरिवाना तिरेको थियो । यसका अतिरिक्त पनि म्यानचेस्टर सिटीले एउटै गल्तीका लागि थुप्रै पटक जरिवाना तिरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा