आज राति नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा प्रभावित हुने
बिहीबार, १७ साउन २०८१, १२ : ०१

काठमाडौँ । आज राति नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता किशोरकुमार भट्टका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा बन्द हुने भएको हो ।
कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ । तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।