शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
कार्यदल बैठक

टीआरसीका मिल्न बाँकी सबै विषयमा सहमति जुट्यो : गृहमन्त्री लेखक

बिहीबार, १७ साउन २०८१, ११ : ३३
बिहीबार, १७ साउन २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले टीआरसीमा मिल्न बाँकी सबै विषयमा दलहरुबिच सहमति भएको बताएका छन् ।  बिहीबार बसेको टीआरसी कार्यदलको बैठकपछि गृहमन्त्री लेखकले सहमतिसँगै अब टीआरसी बीलको प्रक्रिया अघि बढ्ने बताएका हुन् । 

‘राम्रो उपलब्धि भएको छ, मिल्न बाँकी रहेका सबै विषयमा कुरा मिलेको छ’, गृहमन्त्री लेखकले बैठकपछि भने, ‘द्वन्द्वकालमा भएका हत्याका सन्दर्भमा मनसायपूर्वक वा स्वेच्छाचारी ढंगको हत्या भनेर परिभाषित गरेका छौँ ।’

त्यस्तै उनले मेलमिलापका सन्दर्भमा पीडितको सहमति हुने कुरा गरेको बताए । ‘यदि पीडितको सहमति भएन भने मानवअधिकार उल्लङ्घनको मुद्दा चल्न सक्ने र फौजदारी मुद्दा भएकोमा पीडितलाई त्यसको अधिकार दिने भन्ने कुरा, द्वन्द्वमा संलग्न सुरक्षाकर्मी जो मृत्यु भएका परिवारलाई पीडित सरह क्षतिपूर्ति दिने कुरा गरेका छौँ’, गृहमन्त्री लेखकको भनाइ छ । 

उनले बहिगर्मित पूर्व लडाकुलाई पनि परिपूरण गर्ने सहमति भएको भएको भन्दै सबै असहमतिका विषय टुङ्ग्याएको जानकारी दिए । ‘हत्याको विषयलाई नियतपूर्वक वा स्वेच्छाचारी ढङ्गबाट गरिएको हत्या’ भनेका छौँ । अब कानुन मन्त्रालयले प्रतिवेदन बनाउँछ र शीर्ष नेताले सम्बोधन गर्नुहुन्छ’ गृहमन्त्री लेखकको भनाइ  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप