बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सन्दीप र दीपेन्द्रको टोली अझै जीतविहीन

बिहीबार, १७ साउन २०८१, ०७ : ०७
बिहीबार, १७ साउन २०८१

ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने  र दीपेन्द्रसिंह ऐरी सम्मिलित टोली भ्यानकुभर नाइट्सले लगातार चौथो हार बेहोरेको छ । टोली प्रतियोगितामा अझै जीतविहीन रहेको छ ।

बुधबार भएको खेलमा भ्यानकुभर नाइट्स ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भएको हो । भ्यानकुभरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य ब्राम्पटनले मात्र ४ विकेट गुमाएर ११ बल अगावै पछ्यायो ।

ब्राम्पटनका लागि बिउ वेब्सटरले सर्वाधिक ४९ रन बनाए भने निक होबसनले ३७ तथा डेभिड वार्नरले २५ रन जोडे ।  खेलमा सन्दीप निकै महँगो साबित भए । उनले ३ ओभर बलिङ गर्दै ३९ रन खर्चेर १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भ्यानकुभरले रिची बेरिङटनको ३८ रन तथा आसिफ अलीको ३६ रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । खेलमा दीपेन्द्रले ब्याटिङ गर्ने अवसर पाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप