अदानचुली गाउँपालिका पूर्वउपाध्यक्ष ऐडीको उद्धार
बुधबार, १६ साउन २०८१, २२ : २६

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ बारी गाउँकी पूर्वगाउँपालिका उपाध्यक्ष सौमत रावल (ऐडी) लाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुने समय नपुग्दै उनले शिशु जन्माउने क्रममा बेहोस हुँदा आज साँझ उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका सरिता बोहराले बताइन् ।
ऐडीले मङ्गलबार शिशु जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर उद्धार गरिएको सिनियर अनमी बोहराले बताइन् । मङ्गलबार गाउँमै रहेको बारी गाउँ स्वास्थ्यचौकीमा उपचार गर्दा पनि उपचार सम्भव नभएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा उद्धार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?