लाखे नाच प्रतियोगितामा २० वटा समूहले प्रतिस्पर्धा गर्ने
गण्डकी । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले यस वर्ष २३ समूहको सहभागिता हुने र २० समूहले प्रतिस्पर्धामा भाग लिने जानकारी दिए ।
पोखरा प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रेशमप्रसाद श्रेष्ठले बताए ।
कार्यक्रममा दश हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्तान्तरणका लागि नेवाः खलः कास्कीले विभिन्न कार्यक्रम गरिरहेको बताए । गतवर्ष नेवा खलः कास्की तथा नेवा समुदायसँग सम्बन्धित सङ्घसंस्थाले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीका प्रशिक्षकको विचित्र व्यवहार : खेल बराबरीमा सकिएपछि अनुहार र टाउकोमा घाउ बनाए !
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी