सहकारी अभियानका थालनीकर्ता विश्वबन्धु थापासँग समितिको छलफल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्वबन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतसँग छलफल गरेको छ ।
बुधबार समितिले थापा र बस्नेतसँग छुट्टा—छुट्टै छलफल गरेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । उनले अभियन्ता थापाले २०१७ सालमा जुन उद्देश्यले सहकारीको अभियान थालनी भएको थियो, सो अनुसार चल्न नसक्दा अहिले समस्या आएको समितिलाई जानकारी दिएको बताए । छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको बताएको पनि सभापति थापाले जानकारी दिए ।
सभापति थापाले त्यो बेलामा साझा केन्द्रको अवधारणा पञ्चायतलाई राजनीतिक परिपाटीका रूपमा र साझालाई आर्थिक प्रणालीका रूपमा अगाडि बढाएको समितिलाई जानकारी दिएको उल्लेख गरे । उनले त्यो बेलाको साझा केन्द्रमा पनि सरकार परिवर्तन हुने बित्तिकै अध्यक्ष र प्रबन्धक परिवर्तन हुने भएकाले राम्रोसँग अघि बढ्न नसकेको बताएको उल्लेख गरे ।
थापाले राजनीतिक र सहकारी सञ्चालनको लागि असल व्यक्ति चाहिने बताएको जानकारी सभापति थापाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा