शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् ।बुधबार ललितपुरमा प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवस एवं ३० औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री पौडेल शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए । उनले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, राजनीतिक दलहरू, मानवअधिकार कर्मी, आम नागरिकहरूको काँधमा रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताए । उनले सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको पनि बताए । हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसाबले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताए । उनले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध
-
मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला
-
सीआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
-
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
-
क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
-
अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै