विधेयकहरूलाई समितिबाट चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो विधेयकहरूलाई पारित गरेर सदनमा लैजान निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबिचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरू पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिएका हुन् ।
उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरू पनि सभामुखलाई बुझाएका छन् र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरूलाई पारित गरेर सदनसम्म पुर्याउ भन्ने निर्देशन दिनुभएको छ ।’
यस्तै, उनले छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताए ।
छलफलमा लगातार संसद्को बैठक बसेपछि समितिको बैठक बस्न गारो हुने हुँदा एक दिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझाव पनि आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ देशका ४९ चलचित्रसहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)
-
माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात
-
सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा