बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

ठुला अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना र आर्थिक प्रभाव

बुधबार, १६ साउन २०८१, १७ : २८
बुधबार, १६ साउन २०८१

ओलम्पिक प्रतियोगिता आयोजना गर्ने काम कुनै ख्यालठट्टा होइन । यो प्रतियोगिताको गरिमा र महत्त्व निकै बृहत् हुन्छ । आयोजना गर्ने सहर वा देशको मूल्याङ्कन पनि उच्च हुन्छ । 

एकपटक ओलम्पिक आयोजना गर्दा त्यस सहरमै र क्षेत्रफलका दृष्टिले देश सानो भए सम्पूर्ण देशमै आर्थिक प्रभाव पर्छ । 

ओलम्पिक प्रतियोगिता करिब दुई हप्तासम्म चल्छ, यद्यपि आयोजक देशले दशौँ वर्ष तयारी गर्नुपर्ने हुन्छ । अर्थात् आर्थिक लगानी पनि ठुलै हुन्छ । 

सहर वा देशले ओलम्पिक प्रतियोगिता गर्ने दाबेदारी प्रस्तुत गरेको दिनदेखि नै खर्चको सुरुवात हुन्छ । समग्रमा यो प्रतियोगिता सञ्चालनार्थ लाग्ने आर्थिक भारलाई तीन खण्डमा विभाजन गर्न सकिन्छ— खेलपूर्वको स्थिति, खेलको अवधि र खेलपछिको स्थिति । 

  • प्रमुख आर्थिक फाइदा र खेलको लागत टेबलमा हेर्नुस् :

1

  • सिड्नी ओलम्पिक– २०००

सिड्नी ओलम्पिक सफलतापूर्वक सञ्चालन गर्न ४७ हजार स्वयंसेवकले काम गरेका थिए । स्वयंसेवकलाई खाजा खुवाउने, यातायात र अन्य खर्च स्वरूप आयोजकले १४ करोड अस्ट्रेलियन डलर खर्च गरेको थियो । प्रतियोगिता अवधिभर जम्मा टिकटमध्ये ९१ प्रतिशत बिक्री भएको थियो । ओलम्पिक आयोजना गर्न ६ अर्ब ५५ करोड डलर खर्च हुने अनुमान गरिएको थियो, जसमध्ये संघीय सरकारले १९ करोड ४० लाख डलर, निजी क्षेत्रबाट एक अर्ब ३० करोड डलर र न्यू साउथ बेल्स सरकारले दुई अर्ब ३० करोड डलर बेहोरेका थिए । 

freeman-sails-16x9

सन् १९९४/९५ देखि १२ वर्षसम्म समष्टीगत रूपमा अस्ट्रेलियाको अर्थतन्त्रमा ०.१२ प्रतिशत आर्थिक गतिविधिले सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको थियो । 

  • एथेन्स ओलम्पिक– २००४

सन् २००४ भन्दा ५० वर्षपहिले भएका ओलम्पिक खेल आयोजना गर्ने सहरमध्ये एथेन्स (ग्रीस) सबै भन्दा सानो आकारको थियो । सुरुमा ओलम्पिक खेल आयोजना गर्न ५० करोड युरो लाग्ला भन्ने अनुमान गरिएको थियो, दुई अर्बमा सम्पन्न  भयो ।  

भौतिक पूर्वाधारहरू निर्माण गर्न मात्रै चार अर्ब ६० करोड युरो खर्च भएको थियो । यातायातको स्तर सुधार गर्न मात्रै सरकारले एक अर्ब ३० करोड युरो खर्च गरेको थियो, जसले गर्दा विभिन्न स्टेडियम र खेलाडीको भिलेजको बिचमा आउन–जान सजिलो भएको थियो । यो प्रतियोगिता आयोजना गर्न १५ अर्ब डलर खर्च गरेको थियो । 

np_file_139241

  • बेइजिङ ओलम्पिक– २००८

चीनको राजधानी बेइजिङमा भएको ओलम्पिकलाई हालसम्मकै सबैभन्दा महँगो मानिन्छ । चार वर्षको दौरानमा चीनले ४० अर्ब डलर खर्च गरेको थियो । जुन चीनको ग्रोस डोमेस्टिक प्रोडक्टको ०.३ प्रतिशत थियो ।  

उक्त वार्षिक खेलकुद प्रतियोगिताका लागि दुई अर्ब डलर स्टेडियम र अन्य सुविधाका लागि खर्च भएको थियो । ओलम्पिक खेल आयोजना गरिसकेपछि गरिने अध्ययनले प्रश्न गरेको पाइन्छ । सम्पूर्ण चीनको अर्थतन्त्रलाई यो प्रतियोगिता आयोजना गरेर के फाइदा भएको छ भन्ने प्रश्न अर्थविज्ञ गर्छन् । 

gettyimages-149369699-homepage

  • लन्डन ओलम्पिक– २०१२

बेलायत सरकारले लन्डन ओलम्पिक आयोजना गर्न आठ अर्ब ९२ करोड १० लाख पाउन्ड लाग्ने अनुमान गरेको थियो । यो ओलम्पिक प्रतियोगिता सञ्चालन खर्च दुई अर्ब पाउन्ड खर्च लाग्यो । 

त्यसको लगत्तै आयोजना गरिने पारालम्पिक प्रतियोगिताका लागि एक करोड ६० लाख पाउन्ड लागेको थियो । ओलम्पिक पार्क भेनुका लागि मात्रै दुई अर्ब ६० लाख पाउन्ड खर्चेको थियो । ओलम्पिक खेल अन्तर्गतको प्रमुख स्टेडियमका लागि ४२ करोड ९० लाख पाउन्ड खर्चेको थियो । 

खेलाडीहरूको बसोबासका लागि तीन हजार ८५० वटा नयाँ घर निर्माण गरिएको थियो । उक्त घरहरू ओलम्पिक सकिएपछि बिक्री गरेर एक वर्षमा पाँच करोडदेखि १३ करोड पाउन्ड आम्दानी गर्न सकिने अनुमान गरिएको थियो । 

  • बृहत् खेल प्रतियोगिता र अर्थतन्त्र

ओलम्पिक वा फुटबल विश्वकपजस्ता बृहत् खेलकुद प्रतियोगिता हुनुअगाडि र समाप्त भइसकेपछि सञ्चार जगत्मा यसबारे समाचारहरू आइरहने भएकाले आयोजना हुने देशका जनता र राजनीतिककर्मीलाई रमाइलो लाग्ने हुन्छ । 

सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप फुटबल क्यानडाको भ्यानकुभरले आयोजना गरेको ओलम्पिकमा यी दुवै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको पाइन्छ । 

प्रतिबन्ध फुकुवापछि अन्तर्राष्ट्रिय खेल जगत्मा प्रवेश पाएको दक्षिण अफ्रिकाले आफूलाई प्रमाणित गर्न सन् १९९५ मा रग्बी विश्वकप, १९९९ मा अफ्रिकन नेसन कप, २००३ मा विश्वकप क्रिकेट आयोजना गरेको थियो । त्यसपछि उसले सन् २०१० मा विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । 

विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेर देशले के पायो भनी विशेषज्ञले आलोचना गरेको पनि पाइन्छ । विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेर विविध प्रकारले देशलाई फाइदा हुन्छ भन्ने आधारहरू लगत/अनुमान गलत भएको प्रमाण पाइन्छ । 

अर्थशास्त्री ग्रान्ट थ्रोनटनले विश्वकप हेर्नका निम्ति दुई लाख ३० हजार पर्यटक १२ दिनसम्म दक्षिण अफ्रिकामा बिताएर तीन अर्ब डलर आम्दानी गर्ने अनुमान गरेका थिए । ठुला प्रतियोगिताहरू हुँदा सहरमा भिडभाडको स्थिति सिर्जना हुने, ट्राफिक समस्या, कार पार्किङ समस्या, होटलका कोठाहरू पाउन गाह्रो हुने हुन्छ । जसले गर्दा लोकल यात्रुले पर्यटकलाई विस्थापित गर्ने हुन्छ । 

उदाहरणका लागि सामान्य स्थितिमा होटलहरू ८० प्रतिशत ग्राहकले भरिभराउ हुन्थ्यो, तर ठुला प्रतियोगिताहरू आयोजना हुँदा खेलकुदका कारण शतप्रतिशत भरिने तर कोठाको भाडा दोब्बर–तेब्बर वृद्धि भए पनि स्थानीय व्यक्ति (जसले रिसेप्सन र कोठा सफा गर्ने काम गर्छन्) हरूको ज्याला/तलब त्यसरी वृद्धि हुँदैन । कोठाको भाडा वृद्धि गरे पनि त्यसको फाइदा होटल मालिकलाई त हुन्छ, त्यस्ता मालिक अन्य देशका भएको खण्डमा भएको आम्दानी स्थानीय आर्थिक कारोबारमा खर्च नहुने हुन्छ । 

ग्रीसजस्तो सानो देशले ओलम्पिक आयोजना गर्न आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको ७.५ प्रतिशतसम्म लगानी ग¥यो, तर अर्थतन्त्रमा नराम्रो प्रभाव पर्न गयो र सन् २०१० मा आर्थिक संकट बेहोर्नुपरेको थियो ।

युरोपका फुटबल क्लबहरू संसारकै सबैभन्दा धनी क्लबहरूमा गनिन्छन् । सन् २०१०/११ को सिजनमा क्लबहरूको आम्दानी–खर्चको अवस्थालाई हेरिएको थियो । सर्वेक्षण गर्दा पाइयो कि खेलाडीहरूले एक क्लबबाट अर्को क्लबमा स्थानान्तरण गर्दा लागेको फी, भ्याट र अन्य साना वस्तुहरूमा लाग्ने कर संलग्न गरिएको थिएन  । यसका बाबजुत पनि सो वर्ष चार अर्ब ४० करोड युरो आम्दानी गरेको देखिन्छ । 

प्रत्येक फुटबल क्लबहरूको आर्थिक अवस्थाका निम्ति राष्ट्रिय लेखा प्रणाली वा ‘इन्टर्नेसनल फाइनान्सियल रिपोर्टिङ’का आधारमा गरिएको थियो । युरोपका फुटबल क्लबहरूको सबैभन्दा ठुलो आम्दानीको प्रमुख तीन स्रोत छन् । 

क्लबहरूको म्याचको दिनको आम्दानी, टिकटको रकम, टेलिभिजन प्रसारणबाट हुने आम्दानी, प्रायोजनबाट हुने आम्दानी र क्लबका विविध सामग्रीको बिक्रीमार्पmत हुने आम्दानी नै उनीहरूका मुख्य आम्दानी हुन् ।

2

3

फुटबल खेलको टिकटको मूल्य, बजार र टेलिभिजन अधिकारबाट प्राप्त रकम (सन् २००२) 

विभिन्न राष्ट्रका लिग फुटबलमा औसत दर्शक उपस्थिति (सन् २०११)

4

  • फुटबल खेलको लोकप्रियता

सन् २००० मा फिफाले गरेको विश्वव्यापी सर्वेक्षण अनुसार विश्वमा नियमित रूपमा फुटबल खेल्नेहरूको संख्या २४ करोड थियो । हालैको सर्वेक्षण अनुसार विश्वभरि फुटबल खेल्ने खेलाडीहरूको संख्या २५ करोड पुगेको छ । पुरानो सर्वेक्षणको नतिजा अनुसार (स–साना बालबालिकालाई गणना नगरी) अमेरिकामा फुटबल खेल्नेहरूको संख्या एक करोड ८० लोख, इन्डोनेसियामा एक करोड, चीनमा ७२ लाख, मेक्सिकोमा ७४ लाख, ब्राजिलमा ७० लाख र जर्मनीमा ६३ लाख रहेको पाइन्छ । 

विश्वभर फुटबल खेल्नेहरूको संख्याका आधारमा नम्बर १ को खेल हो, यसमा दुईमत छैन । यसका घरेलु दर्शक पनि सबैभन्दा बढी छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिताका बेला टेलिभिजनमार्फत खेल हेर्नेहरूको संख्या तीन अर्ब २० करोड रहेको तथ्यांक पाइन्छ, जुन सम्पूर्ण विश्वको जनसंख्याको ४६.४ प्रतिशत हुन्छ । 

इङ्ल्यान्डको फुटबल लिग १९ पटक जितेको क्लब ‘म्यान्चेस्टर युनाइटेड’ विश्वमा यति प्रख्यात छ कि फोब्र्स पत्रिकाले गरेको सर्वेक्षणमा संसारभरबाट यस क्लबका समर्थक ६५ करोड ९० लाख रहेका छन् । सर्वेक्षण अनुसार अमेरिकामा मात्रै उक्त क्लबका सात करोड १० लाख समर्थक रहेछन् । यस्तै, युरोपमा नौ करोड, अफ्रिकामा १७ करोड १० लाख र मध्यपूर्व एसिया प्यासिफिकमा ३२ करोड ५० लाख र चीनमा १० करोड ८० लाख समर्थक छन् । यो नतिजाले उक्त क्लबको व्यापार हुने अवस्था देखाउँछ । 

  • ओलम्पिक खेलकुद आयोजक समितिको आय–व्यय विवरण

5

 

  • विगतका ओलम्पिकको आर्थिक विश्लेषण

6

  • पछिल्ला पाँच ओलम्पिकको आय र स्रोत

7

 

  • ओलम्पिकमा प्रसारण अधिकारबाट प्राप्त आय

8

  • नेपाली खेलकुद बजार र लगानी

पश्चिमी मुलुकहरूमा जस्तो नेपाली खेलकुदमा कति खर्च भइरहेको छ भन्नेबारे यकिन तथ्याङ्क पाउन गाह्रो छ । सरकारका विभिन्न निकायले आ–आफ्नो ढंगले खेलकुदको क्षेत्रमा लगानी गरिरहेका पाइन्छन् । नेपालको खेलकुद क्षेत्रमा सबैभन्दा ठुलो रकम प्रत्यक्ष रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्पmत खर्च भइरहेको पाइन्छ । राखेप स्रोतका अनुसार विगत केही वर्षको बजेट निम्न तालिकबाट प्रस्ट देख्न सकिन्छ । 

राष्ट्रिय खेलकुद परिषद् बजेट र नेपाल सरकारको कुल बजेट (रु. ०.०००)

9

विश्वका विकसित र औद्योगिक देशहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको जति प्रतिशत आय खेलकुदमा लगानी गरेका हुन्छन्, त्यससँग हाम्रो अवस्था दाँज्नु हुँदैन । कारण उनीहरूले खेलकुदलाई हेर्ने दृष्टिकोण र नेपाल सरकारले खेलकुदलाई दिएको महत्त्वतामा ज्यादै भिन्नता पाइन्छ । 

आर्थिक वर्ष २०६१/६२ मा नेपाल सरकारलको कुल बजेटबाट राष्ट्रिय खेलकुद परिषदलार्ई आठ करोड ३० लाख बजेट दिएको थियो, जुन कुल बजेटको ०.०७ प्रतिशत मात्र हुन्छ । नेपाल सरकारको बजेटको आकारमा वृद्धि सँगसँगै राष्ट्रिय खेलकुद परिषदलाई दिने बजेटमा वृद्धि भए पनि प्रतिशतका आधारमा ०.२ प्रतिशत पनि विनियोजित भएको पाइँदैन । 

आर्थिक वर्ष २०६५/६६ र २०६८/६९ मा राष्ट्रिय खेलकुद परिषदलाई दिएको बजेट क्रमशः करिब ४५ करोड (०.१९ प्रतिशत) र ६५ करोड (०.१८ प्रतिशत) थियो । पाँचौँ र छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएका कारण यतिबेला वृद्धि भएको पाइन्छ, अन्यथा राष्ट्रिय खेलकुद परिषद्लाई सरकारका तर्फबाट दिइने बजेटलाई अति न्यून मान्नुपर्छ । 

नेपालको सन्दर्भमा एक वर्षमा खेलकुद क्षेत्रमा हुने कुल लगानी कति हुन्छ र त्यसको प्रतिफल देशका जनताले कति पाएका छन् भनेर मूल्याङ्कन गर्न निकै कठिन र चुनौती पूर्ण कार्य हुन सक्छ । देशका लाखौँ युवा खेलकुदमा सक्रिय छन् र अन्य वर्गका जनता पनि आफ्नो स्वास्थ्यका निम्ति खेलकुदका क्रियाकलापमा सक्रिय छन् । 

व्यक्तिगत रूपमा खेलकुदका क्रियाकलापमा लाग्ने खेलाडीका निम्ति परिवारका तर्फबाट खर्च गरिरहेका छन् । आन्तरिक पर्यतकका रूपमा विभिन्न शारीरिक क्रियाकलाप निरन्तर चलिरहेको पाइन्छ । त्यसतर्फ देशको अप्रत्यक्ष रूपमा लगानी कति भयो, यकिनका साथ भन्न गाह्रो हुन्छ, तर लगानी भइरहेको अवश्य छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवाकर लाल अमात्य
दिवाकर लाल अमात्य
लेखकबाट थप