सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नागरिकतासम्बन्धी मुद्दामा वीरगन्जका निरञ्जन अग्रवाल पक्राउ

बुधबार, १६ साउन २०८१, १६ : ४६
बुधबार, १६ साउन २०८१

वीरगन्ज । पर्सा प्रहरीले नागरिकता सम्बन्धीको दर्ता मुद्दामा बुधवार दिउँसो एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा ६ वर्ष अगाडि दर्ता भएको नागरिकता सम्बन्धीको मुद्दामा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको हो । 

प्रहरीले नागरिकतासम्बन्धी मुद्दामा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा बस्दै आएका निरञ्जन अग्रवाललाई पक्राउ गरेको हो । महानगरको आदर्शनगरबाट आज दिउँसो अग्रवाललाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए । 

उनका अनुसार ०७६ साल चैत १४ गते अग्रवालमाथि नागरिकता सम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यही मुद्दा अन्तर्गत खोजबिनका क्रममा अग्रवाल पक्राउ परेको पर्सा प्रहरी प्रमुख ढुङ्गेलले जनाए । 

प्रहरीमा परेको जाहेरीमा अग्रवालको मूल निवास राजस्थान रहेको भनिएको छ । तर पर्साबाट गलत विवरणको आधारमा उनले ०६३ सालको फागुन १८ गते नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डमा उल्लेख छ । 

पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।  उनलाई  नागरिकता सम्बन्धीको मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको ढुङ्गेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप