बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

ग्लोबल प्रिमियम ब्रान्ड ‘जिकर’ नेपाली बजारमा

बुधबार, १६ साउन २०८१, १६ : ३०
बुधबार, १६ साउन २०८१

काठमाडौं । विश्व प्रसिद्ध ईभी अटोमोबाइल ब्रान्ड जिकर नेपाल भित्रिएको छ । नेपाल स्थित पायोनियर मोटोकर्प प्रा.लि.ले ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको एक्स मोडल भित्र्याएको हो ।

६६ किलोवाट ब्याट्री पावर क्षमता र ४४० किलोमिटर रेन्ज दिने जिकर एक्स छिट्टै सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजारमा एक्स मोडलबाट डेब्यु गर्दै गरेको जिकर ब्राण्डमा जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्लूडी) र सिङ्गल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्लूडी) गरी दुईवटा भेरियन्ट रहेका छन् ।

जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभी गाडी हो । जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । जिकर एक्सले एक पृथक् डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापित गर्ने कम्पनीको विश्वास छ । 

जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्दछ । सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्तम एसयुभी साबित हुने कम्पनीको दाबी छ ।

जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाट पावर ब्याट्री रहेको छ जसले सिङ्गल–मोटर, रियर–ह्विल–ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० किमिको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ । 

१५० किलोवाटको डिसि चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत चार्ज गर्न जम्मा ४ घण्टा लाग्ने कम्पनीको भनाइ छ । 

पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडाका अनुसार, ‘जिकर एक त्यस्तो प्रिमियम ईभी ब्रान्ड हो जसले आजको युगको ग्राहकहरूको जीवनशैलीलाई बुझ्दै आधुनिक प्रविधिमा ग्राहक–केन्द्रित गाडी डिजाइन तथा उत्पादन गर्दछ । त्यसैगरी ‘जिकर एक्स’ गतिशील सहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो । नेपाली ग्राहकको समयअनुरूप परिष्कृत रुचि तथा आधुनिक जीवनशैलीलाई हामी निकटबाट बुझ्दछौँ । सोही अनुरूप हामीले परिवेश र समय सुहाउँदो जिकर ब्रान्ड नेपालमा सार्वजनिक गरिरहेका छौँ,’ उनले भने । 

उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहितको प्रिमियम एसयूभीको बढ्दो मागलाई जिकर एक्सले पूरा गर्ने उनले बताए । जसअन्तर्गत जिकर एक्स डेब्यु मोडल रहेको छ जसले सरल डिजाइन, आधुनिक प्रविधि तथा उच्चस्तरको सुरक्षा सुविधा एकसाथ प्रस्तुत गर्दछ । ‘नेपाली एसयूभी बजारमा जिकर एक्स, एक नौलो अनुभव र नयाँ अध्याय साबित हुनेछ भन्नेमा हामी विश्वस्त छौँ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप