‘फिल्ममा मेहनत धेरै, पैसा टिभीको भन्दा कम’
नयाँ दिल्ली । अभिनेता तथा डान्सर राघव जुयालले आफ्नो करियरको सुरुआत टिभीबाट गरेका थियो । डान्स रियालिटी शोको कन्टेष्टेन्टबाट शुरु भएको यो यात्राबिच उनले टिभीमा होष्टिङ पनि गरे ।
बलिउड अभिनेता सलमान खानको ‘किसीका भाई किसीकी जान’ फिल्मबाट उनले फिल्ममा डेब्यू गरे । यतिबेला उनको अर्को फिल्म किलले पनि निकै चर्चा बटुलिरहेको छ ।
टिभीलाई छाडेर फिल्मको दुनियाँमा पाइला राख्न आफ्नो लागि निकै सकसपूर्ण भएको राघवले बताएका छन् । न्यूज १८ सँगको कुराकानीमा राघवले आफ्नो फिल्म यात्राबारेमा कुराकानी गरेका छन् । ‘टिभी जगतलाई छाड्नु मेरो लागि सही थिएन । मैले आफ्नो जिन्दगीको सबैभन्दा खराब निर्णय गरे’, उनले भनेका छन्, ‘आफ्नो पहिचान, पैसा, सहजता, प्रतिष्ठा सबैलाई मैले दाउमा लगाए । त्यो बेला टिभीमा मेरो करियर उत्कर्षमा थियो । सबै कुरालाई पछाडि छाडेर नयाँ सुरुआत गर्न हरकोहीका लागि निकै मुस्किल हुन्छ ।’
टिभीका कलाकारहरूले ओटीटी वा फिल्म जेमा कदम राखेपनि उनीहरूलाई टिभीमा मिलिरहेको जति पैसा पनि अफर नहुने उनले बताए । टिभीमा काम गर्दा दिनभरमा उनी एक पटक मात्रै सुट गर्थे र उनको लागि छुट्टै भ्यानिटी भ्यान पनि हुन्थे । तर फिल्ममा यस्तो खालको कुनै सुविधा नपाएको उनको गुनासो छ । यो भन्दा बढी दुःखको कुरा त काम गराए अनुसार पैसा नपाइने दुःख पनि उनले पोखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड
-
आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति भएको छैन : मन्त्री यादव
-
बाँझो जग्गामा सामूहिक आलुखेती
-
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन